लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं – आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिदै आएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गर्नु भएको हो । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाइ दिए । नेपाली सेनाका अवकाश प्राप्त रथी साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, पुलिसका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको जानकारी दिए ।
दुई लाख नगद राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । बिदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिदै आएको छ ।
आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको जनाए । गैरआवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष एंव अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समितिका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यो पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिए ।
कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको हार्दिक कलमले मल्हम लाउन सिपालु भएको दाबी गरे ।
पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनी माथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको जानकारी दिनु भयो ।कार्यक्रम साहित्यकारहरु प्रतीक ढकाल , भवानी खतिवडा , कृष्ण बाउसे , भावेश भुमरी , सशस्त्र प्रहरीका पुर्व महानिरीक्षक दुर्जकुमार राई लगाएत साहित्यकार , पत्रकार र शुभचिन्तकहरुको उपस्थिति थियो ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया