त्रिविको रजिष्ट्रेशन, ट्रान्सक्रिप्ट, प्रोभिजलन सर्टिफिकेट लगायतका १० वटा सेवा अब अनलाइनबाटै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्बन्धि अधिकांश डकुमेन्टहरु अनलाइनबाटै उपलब्ध गराउने भएको छ । त्रिविले गत आगामी असार १५ गतेदेखि १० वटा सेवा पूर्णरुपमा अनलाइनमाध्यमबाट उपलब्ध गराउने भएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि रजिष्ट्रेशन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन, शैक्षिक कागजात सच्याउने, सिफारिस पत्र, प्रमाणीकरण तथा प्रमाणपत्रका प्रतिलिपि आवेदन फारामहरू अनलाइनमार्फत नै भर्न सकिने छ । ‘विद्यार्थीलाई सहज र कार्यालयको काम पनि चुस्त होस् भन्नका लागि हामीले प्रविधिलाई पछ्याएका छौँ,’ उनले भने, ‘अब सरल ढंगबाट विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गर्ने सेवा सुविधा अनलाइनबाटै प्राप्त गर्नेछन् ।’
ईआइएमएस प्रणाली अन्तिम चरणमा पुगेकाले असार १५ गतेदेखि यी सेवा त्रिविको वेबसाइटबाट लगइन गरी सजिलै प्राप्त गर्न सकिनेसमेत जोशीले जानकारी दिए । ‘प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउने प्रयास भएको छ,’ उनले भने, ‘देशभरबाट वार्षिक पाँच लाखभन्दा बढी विद्यार्थीले सेवा लिने भएकाले व्यवस्थापनलाई अनलाइनमार्फत सहज बनाइएको हो ।’
हाल त्रिविमा देशभरको करिब ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन् । ती सबैका लागि आवश्यक पर्ने लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, प्रमाणपत्र लगायतका कागजातलाई सुरक्षित राख्ने, अभिलेख राख्ने र परीक्षा प्रणालीमा गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको जनाइएको छ।
२०७५ सालदेखि नै त्रिविले दीक्षान्त फाराम तथा ट्रान्सक्रिप्टलाई अनलाइनमार्फत उपलब्ध गराउँदै आएको थियो । २०७९ माघ १५ देखि अनलाइन आवेदन फाराम सुरु गरिएको भए पनि प्राविधिक कारण केही समय बन्द भएको यो सेवा पुनः सुचारु हुने भएको जोशीले बताए ।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया