आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ प्रकाशित गर्ने निर्णय गरेको छ । बोर्डको आज (शुक्रबार) बसेको बैठकले साँझ ६ बजेपछि नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए ।
एकजुकेशन समाचारसँगको कुराकानीका क्रममा उनले भने, ‘हामीले सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ अब गम्भीर प्राविधिक त्रुटी देखिएन भने आज साँझ ६ बजेपछि नतिजा प्रकाशित गर्छौं ।’
बार्डद्वारा गत चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया