Techie IT
  • आईतबार, साउन ५, २०८२ / Sunday, July 20, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारकाठमाडौं महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

काठमाडौं महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?


काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको छ । महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि ३ असारमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

परीक्षामा १४ हजार १ सय ७३ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये सबैभन्दा बढी विज्ञान विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरु छन् ।
काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४ हजार १७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए । जसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ । उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो र ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ ।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घन्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताए । ‘शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। एक महिना भन्दा अघिदेखि निरन्तर खटिएर चौबीस घन्टामै नतिजा प्रकाशित गर्न सकियो। यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो। समावेशीकरणलाई सुनिश्चित गर्ने स्कलरसिप प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौं।’

उनले थप भने, ‘दुई वर्षको अनुभव, शिक्षा विभागको सक्रियता  र योजना आयोगको समन्वयका कारण यस्तो नतिजा सम्भव भएको हो। अहिले परीक्षाको र भर्नाको समय हो, विद्यार्थीले ढिला पर्खनु नपरोस् भनेर हामी दिनरात खटिएका छौं।’

नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्ः

https://entrance.kathmandu.gov.np/



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको