Techie IT
  • सोमबार, जेठ ७, २०८१ / Monday, May 20, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजछोरीलाई पास गराउन उत्तरपुस्तिका साट्ने उपप्राध्यापक दत्त निलम्बित

छोरीलाई पास गराउन उत्तरपुस्तिका साट्ने उपप्राध्यापक दत्त निलम्बित


काठमाडौं । आफ्नी छोरीलाई उत्तिर्ण गराउन उत्तरपुस्तिका नै साटफेर गरेको आरोपमा उपप्राध्यापक राजन दत्तलाई त्रिभुवन विश्वविद्यालयले निलम्बन गरेको छ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका अंग्रेजी विषयका उपप्राध्यापक दत्तलाई त्रिभुवन विश्वविद्यालयले निलम्बन गरेको हो ।

मानविकी संकायको स्नातक तह पहिलो वर्षको अंग्रेजी विषयको परीक्षामा संकायकै अब्बल मानिएकी सन्ध्या कायस्थको थप उत्तरपुस्तिका दत्तले ६०००३०००९ सिम्बल नम्बर भएकी छोरी आस्थाको उत्तरपुस्तिकामा गाभिदिएका थिए ।

यसरी छोरीलाई उत्तीर्ण गराएको पाइएपछि परीक्षा नियन्त्रण कार्यालयको सिफारिसमा उनलाई विश्वविद्यालयले निलम्बन गरेको हो । उनीमाथि यतिबेला विश्वविद्यालयको अनुगमन समिति । अख्तियारले छानबिन गरिरहेको छ ।



तपाईको प्रतिक्रिया