कक्षा ११ का विद्यार्थीलाई मनास्लु कलेजको अभिमुखीकरण, झण्डै एक हजार विद्यार्थीले रोजे मनास्लु
काठमाडौं । चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पुलिस क्लबमा एक भव्य समारोहका बीच कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अपेक्षा कार्कीले मन्तव्यमार्फत सबैलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा बोल्ने क्रममा मनास्लुले विद्यार्थीको भविष्य निर्माणमा ठूलो मेहेनत गरिरहेको बताइन् । ‘मनास्लुले हामीलाई शिक्षामात्र होइन हाम्रो उज्ववल भविष्य निर्माणका लागि विभिन्न ढोका खोलिदिएको छ,’ उनले भनिन्, ‘ज्ञान भन्ने कुरा किताब र कलेजबाट मात्र प्राप्त हुने होइन यो त जीवन भोगाई पनि हो ।’ त्यसैले मनास्लुले जीवनोपयोगी शिक्षामा जोड दिइरहेको उनको भनाई थियो ।

त्यस्तै, क्याम्पस प्रमुख राजन श्रेष्ठले पनि कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यार्थीहरुलाई स्वागत गरेका थिए । मनास्लुले टीम वर्कमा विश्वास गर्ने भएकाले त्यसको सकारात्मक प्रभाव यहाँको शैक्षिक क्रियाकलापदेखि विभिन्न क्षेत्रमा देखा परेको श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै उनले मनास्लुले अरु कुनै पनि कलेजसँग प्रतिस्पर्धा नगरेको समेत प्रष्ट पारे । ‘हाम्रो प्रतिस्पर्धा हामीसँगै हो हाम्रो प्रतिस्पर्धी कोही होइन,’ उनले भने । साथै, विद्यार्थीहरुको प्यासनलाई प्रोफेसनमा ढाल्नका लागि मनास्लुले अहोरात्र मिहिनेत गरिरहेको समेत उनले प्रष्ट पारे ।

कार्यक्रममा पत्रकार ऋषि धमलाले देशको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताए । साथै, मनास्लु जस्ता कलेजले मध्यम वर्गीय परिवारका छोराछोरीलाई सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । कार्यक्रममा उनले पत्रकारिताका क्षेत्रमा आफूले गरेको मिहिनेतको पृष्ठभूमीसमेत बताएका थिए । ‘मिहिनेतले मात्र सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि महेश बर्तौलाले पछिल्लो समय देशमा केही पनि भएन भन्ने भाष्य सिर्जना भएको तर वास्तविकतामा त्यस्तो नभएको बताए । ‘अहिलेको पुस्ता राजनीतिप्रति वितृष्णा छ त्यो राम्रो होइन,’ उनले भने, ‘यो पुस्ताले नै राजनीतिप्रति वितृष्णा जगायो भने भोलि देश कसले चलाउने त्यसैले राजनीतिक दलका नेताहरु खराब होलान् तर राजनीति खराब छैन ।’

कार्यक्रममा बोल्दै बर्तौलाले कक्षा ११ र १२ मा अध्ययन गर्ने उमेर भनेको निकै संवेदनशील हुने भएकाले सजग भएर अघि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । ‘तपाईंहरु जीवनको टर्निङ प्वाइन्टमा हुनुहुन्छ,’ उनले भने, ‘यतिबेला तपाईंले लिने निर्णय नै तपाईंको जीवन हो त्यसैले संयमित भएर आफ्नो जीवनको निर्णय लिनुहोला ।’
कार्यक्रमका सभापति गेन्द्र लामाले विद्यार्थीमा अनुशासन र राम्रो चरित्र भएन भने उसले प्राप्त गरेको उत्कृष्ट जीपीएको काम नलाग्ने बताए । ‘अब सर्टिफिकेटमा पाएको जीपीएले मात्र पूर्ण मानव बनाउन सक्दैन,’ उनले भने, ‘यदि जीवनलाई पूर्ण बनाउने अनुशासन र राम्रो चरित्रको आवश्यकता पर्दछ ।’

त्यस्तै, विद्यार्थीलाई पढाईमा मात्र नभएर अतिरिक्त क्रियाकलापले पनि भविष्यमा परिचय दिने उनले बताए । ‘अब पढाई मात्र होइन तपाईंहरुमा रहेको कलाले पनि भोलि तपाईंलाई चिनाउन सक्छ,’ उनले भने, ‘त्यसैले आफूमा रहेको प्रतिभालाई पहिचान गरेर प्रस्फुटन गर्ने प्रयत्न गर्नुहोला त्यसमा मनास्लुले सक्दो सहयोग गर्नेछ ।’ मनास्लुले कक्षा १२ सम्मको सर्टिफिकेटमात्र नभएर विद्यार्थीलाई जीन्दगी जिउने फर्मुलासमेत सिकाएर पठाइरहेको समेत लामाले बताए ।
कार्यक्रमलाई सञ्चारकर्मी श्री पाण्डेले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय












तपाईको प्रतिक्रिया