बोर्डद्वारा कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले भदौ २८ र २९ गते सञ्चालित हुने कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ।
सूचनाअनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म चल्नेछ । \
बोर्डले हिजो (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । कक्षा १२ को परीक्षामा नियमिततर्फका ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । त्यस्तै, ३८.८३ प्रतिशत (१ लाख ५३ हजार ८८२) जना विद्यार्थी अनुतीर्ण (नन्ग्रेडेड) भएका छन् । २१ देखि २९वैशाखसम्म सञ्चालित परीक्षामा नियमित र आंशिक गरी पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी थिए ।
नियमिततर्फ तीन लाख ९६ हजार ३४७ हजार विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ४६५ विद्यार्थी (६१.१७ प्रतिशत) उत्तीर्ण भएका हुन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकोमा ४१ हजार ८४० (३६.४९ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यद्यपि, गत वर्षभन्दा ९ प्रतिशतले नतिजा बढेको छ । गत वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया