जेन-जी आन्दोलनः ट्रमा ६ जनासहित ९ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ६ जनाको प्रदर्शनकारीको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएर ट्रमामा उपचारका लागि लगिएका ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ । निजामती कर्मचारी अस्पतालमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)मा एक जनाको मृत्यु भएको छ । त्यहाँ अन्य २० जना उपचार भइरहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा १० जना बिरामीको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।
ताजा अपडेट
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
- आइतबारबाट विद्यालय खोल्न र सोमबारबाट पठनपाठन सुरु गर्न महानगरको निर्देशन
- नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा शपथ ग्रहण, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने
- त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
- प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
- अनेरास्ववियु अध्यक्ष कडरियाले दिए राजीनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा
- देशभर ५६८ प्रदर्शनकारी घाइते, कहाँ कति ?
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया