जेन-जी प्रदर्शनः १६ प्रदर्शनकारीको मृत्यु, ३०० बढी घाइते

काठमाडौं । जेन—जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा १६ जना प्रदर्शनकारी मृत्यु भएको पुष्टि भएको छ । एजुकेशन समाचारलाई प्राप्त विभिन्न अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार १६ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको हो । राजधानीका विभिन्न अस्पतालहरुमा ३०० भन्दा घाइतेको उपचार भइरहेको छ । सोमबार नयाँ बानेश्वरमा भएको जेन—जीको प्रदर्शनमा झडपका क्रममा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु हुने प्रदर्शनकारीको संख्या भने ७ पुगेको छ ।
मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ । सिभिलका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीकाअनुसार अहिलेसम्म सिभिल अस्पतालमा तीन जना घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख शैलेन्द्र महासेठले जानकारी दिए । उनकाअनुसार सयौं घाइते प्रदर्शनकारीको भुँइमै राखेर अस्पतालले उपचार गरिरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल ९केएमसीमा दुई जनाको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए । ‘८ जना घाइते रेड जोनमा हुनुहुन्छ,’ उनले भने, ‘अन्य ४० भन्दा बढी घाइतेको उपचार भइरहेको छ । आउने क्रम जारी छ ।’ उनले आफूहरुले घाइतेको निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।
ताजा अपडेट
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
- आइतबारबाट विद्यालय खोल्न र सोमबारबाट पठनपाठन सुरु गर्न महानगरको निर्देशन
- नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीद्वारा शपथ ग्रहण, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने
- त्रिविको पठनपाठन कात्तिक ११ गतेसम्म बन्द
- प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा
- अनेरास्ववियु अध्यक्ष कडरियाले दिए राजीनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा राजीनामा
- देशभर ५६८ प्रदर्शनकारी घाइते, कहाँ कति ?
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया