जेन-जी प्रदर्शनः १६ प्रदर्शनकारीको मृत्यु, ३०० बढी घाइते
काठमाडौं । जेन—जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा १६ जना प्रदर्शनकारी मृत्यु भएको पुष्टि भएको छ । एजुकेशन समाचारलाई प्राप्त विभिन्न अस्पतालबाट प्राप्त गरेको विवरणअनुसार १६ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको हो । राजधानीका विभिन्न अस्पतालहरुमा ३०० भन्दा घाइतेको उपचार भइरहेको छ । सोमबार नयाँ बानेश्वरमा भएको जेन—जीको प्रदर्शनमा झडपका क्रममा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु हुने प्रदर्शनकारीको संख्या भने ७ पुगेको छ ।
मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ । सिभिलका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीकाअनुसार अहिलेसम्म सिभिल अस्पतालमा तीन जना घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख शैलेन्द्र महासेठले जानकारी दिए । उनकाअनुसार सयौं घाइते प्रदर्शनकारीको भुँइमै राखेर अस्पतालले उपचार गरिरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल ९केएमसीमा दुई जनाको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए । ‘८ जना घाइते रेड जोनमा हुनुहुन्छ,’ उनले भने, ‘अन्य ४० भन्दा बढी घाइतेको उपचार भइरहेको छ । आउने क्रम जारी छ ।’ उनले आफूहरुले घाइतेको निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया