शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई कार्यालय सयमा पोशाकसहित टिकटक भिडियो नबनाउन अनुरोध गरेको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत केन्द्रलाई एक पत्र लेख्दै शिक्षक कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बालमनोविज्ञानमा असर पुग्ने सामग्री बनाइएको पाइएकाले त्यसलाई रोक्न अनुरोध गरेको हो ।
मन्त्रालयले बाल मनोविज्ञानमा असर पुग्ने खालका सामग्रीहरु बनाइ पोष्ट गर्ने गरेको भनी गुनासो आएकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरेको हो ।
‘शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो लगायत बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोष्ट गर्ने कार्य गरेको भनि गुनासो प्राप्त भएकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि निर्देशनानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया