आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुन सिंहदरबारमा नै सरेको छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि केशरमहलबाट सेवा दिइरहेको मन्त्रालयलाई सिंहदरबारमै सारिएको हो ।
जेन जी प्रदर्शनकारीले सिंहदरबारमा रहेको शिक्षा मन्त्रालयको भवनमा आंशिक क्षति पुर्याएका थिए । जसलाई मर्मत गरी सोही स्थानबाट सेवा सुचारु गरिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख एवम् प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । ‘हामीले आज दिउँसो ३ बजेदेखि नै शिक्षातर्फका महाशाखा/शाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन गरिसकेका छौँ,’ उनले भने ।
विज्ञानतर्फका महाशाखा/शाखाबाट प्रवाह हुने सेवा हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुने उनले जानकारी दिए । त्यस्तै, वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी), शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएको सेवा पूर्ववत स्थानबाटै निरन्तर सुचारु भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री पुनको बसोबास अब सिंहदरबारमै
मन्त्रालयलाई सारेसँगै मन्त्री महाविर पुनको बसोबास अब सिंहदरबारमै हुने सूचना अधिकारी मधुप्रसाद घिमिरेले जानकारी दिए । ‘हामीले मन्त्री ज्यूको लागि बसोबासको व्यवस्था मन्त्रालयमै मिलाएका छौँ,’ उनले भने, ‘अब उहाँ सिंहदरबारमै बस्नुहुन्छ ।’
५ असोजमा मन्त्रीमा नियुक्त भएसँगै पुन मन्त्रालयमै बस्दै आएका छन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया