स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
काठमाडौं । हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले स्नातक तह अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । हेल्पले स्नातक तहको सबै शैक्षिक विषयका विद्यार्थीहरुलाई ५ लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।
हेल्पबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुले मात्र यो छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न सक्ने हेल्पका संस्थापक जिमी लामाले जानकारी दिए । ‘यसैवर्षबाट हामीले स्नातकका लागि पनि छात्रवृत्ति प्रदान गर्न लागेका छौँ,’ उनले भने, ‘हेल्पबाट छात्रवृत्तिमा कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थीले मात्र यो छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न सक्नुहुनेछ ।’
त्यसैगरी दुर्गम क्षेत्रका पिछडिएका र सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई प्राथमिकता दिइने हेल्पले जनाएको छ । ‘प्रारम्भिक चरणमा हरेक वर्ष दुई विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ,’ लामा भन्छन्, ‘यो छात्रवृत्ति कार्यक्रम कम्तीमा चार वर्षसम्म निरन्तर रहनेछ ।’
विश्वविद्यालहरुको भर्ना समयतालिका र अवधिसँग मेल खाने गरि प्रत्येक वर्ष असार र साउन महिनामा नयाँ आवेदन खुला गरिने लामा बताउँछन् । यसवर्षको स्नातक तहमा अध्ययन गर्न चाहने वा हालै भर्ना भएका विद्यार्थीहरूका लागि आवेदन प्रक्रिया चाँडै खुल्ने हेल्पले जनाएको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया