युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
काठमाडौं । कमलादीस्थित युनिग्लोब कलेजमा युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघ–२०२५को अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । बिहिबारबाट सुरु भएको उक्त सम्मेलनमा भारत, बंगलादेश र म्यानमारबाट समेत प्रतिनिधिहरु सहभागी हुनेछन् ।
साथै, सम्मेलनमा नेपालका थुप्रै जिल्लाबाट कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन लागेको युनिग्लोब कलेजका महाप्रबन्धक गणेश भट्टले एजुकेशन समाचारालाई जानकारी दिए । ‘विशेष रूपमा, बंगलादेशबाट तीन जना कार्यकारी बोर्ड सदस्यलाई समेत यस कार्यक्रममा सहभागी गराइएको छ,’ उनले भने ।

सम्मेलनको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्र खनाल उपस्थित थिए । उनले संयुक्त राष्ट्र संघमा आफ्नो अनुभव साटेका थिए । साथै, आयोजक समितिका सदस्यहरुलाई ब्याज र कार्यकारी बोर्ड सदस्यहरुलाई गाभेल र ब्याजसमेत उनले हस्तान्तरण गरेका थिए ।
यस वर्षको सम्मेलन आणविक निशस्त्रीकरणदेखि लैङ्गिक समानता, जलवायु परिवर्तन र आर्थिक स्थिरतासम्मका विश्वव्यापी महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित १२ विविध समितिहरूमा ३७० भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउँदै छन् ।

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी)ले परिवर्तनशील संसारमा मानव विकास र विविध राजनीतिक, सामाजिक, तथा कानुनी संस्थाहरूलाई बलियो बनाउने विषय केन्द्रित गरेको छ भने आर्थिक तथा वित्तीय मामिला परिषद् (इकोफीन) का प्रतिनिधिहरुले तेल बजारको अस्थिरता र यसले विश्व आर्थिक स्थिरतामा पार्ने प्रभावबारे छलफल गरिरहेका छन् ।

निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति (डाइसेकमा) आणविक हतियारका अप्रसार सम्बन्धि सन्धीको सुदृढीकरण र अफ्रिका तथा मध्यपूर्वका द्वन्द्व क्षेत्रहरूका निशस्त्रीकरण जस्ता महत्त्वपूर्ण सुरक्षा मुद्दाहरूमा छलफल भइरहेको छ । संयुक्त राष्ट्र वातावरण कार्यक्रमले ले जियोइन्जिनियरिङलाई जलवायु संरक्षणको दिगो हस्तक्षेपको रूपमा एकीकृत गर्ने विषयमा बहस गरिरहेको छ ।
जलवायु परिवर्तन विभिन्न समितिहरूमा केन्द्रीय विषयको रूपमा राखिएको छ । सामाजिक, मानवीय र सांस्कृतिक समितिले दक्षिण एसियामा जलवायु–प्रेरित विस्थापन र यसका मानवीय प्रभावहरूको समाधानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगको मूल्याङ्कन गर्दैछ भने खाद्य तथा कृषि संगठनले जलवायु–प्रतिरोधी कृषि मार्फत खाद्य सुरक्षा सुदृढीकरण र विकासशील देशहरूको लागि कृषि व्यापार वृद्धिमा केन्द्रित छ ।
स्थानीय र अन्तर्राष्ट्रिय राजनीतिको अनौठो संयोजनमा प्रतिनिधि सभा अर्थात नेपालसमितिले संवैधानिक संशोधन, जेन जी आन्दोलनप्रति संसदको प्रतिक्रिया, र नेपालले पक्ष भएको असमान सन्धिहरूको समीक्षा जस्ता घरेलु मुद्दाहरूमा तीव्र बहस गरिरहेको छ ।
अन्तर्राष्ट्रिय प्रस समितिले समितिले लोकतन्त्रका आधारस्तम्भको रूपमा जवाफदेहिता र पारदर्शिता कायम राख्दै सम्पूर्ण कार्यवाहीको अभिलेखीकरण गरिरहेको छ । सबैभन्दा प्रतिष्ठित समिति संयुक्त राष्ट्र सुरक्षा परिषदले मध्यपूर्वमा शान्ति र सुरक्षाको मामिला र युएनएससी सुधारको विषयमा छलफल गरिरहेको छ ।

लैङ्गिक समानता र सशक्तिकरणका लागि संयुक्त राष्ट्र संघीय निकाय (युएनवुमन)ले ले गरिबी सम्बोधन र लैङ्गिक दृष्टिकोणका साथ संस्थागत सुदृढीकरण मार्फत महिला सशक्तीकरणको उपलब्धि हासिल गर्नमा केन्द्रित छ । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा मानव अधिकार उल्लङ्घनको जाँच गरिरहेको छ भने संयुक्त राष्ट्र संघको लागूऔषध तथा अपराध कार्यालयका प्रतिनिधिहरुले विखण्डित विश्वमा अन्तरदेशीय अपराध, भ्रष्टाचार र सुशासनका चुनौतीहरूलाई सम्बोधन गर्दैछन् ।
हिजोबाट सुरु भएको सम्मेलनमा गहन छलफल र समाधानमुखी प्रस्तावहरूको अपेक्षा गरिएको छ । यो सम्मेलनले युवा पुस्तालाई विश्वव्यापी मुद्दाहरूबारे समालोचनात्मक सोचाई, सहकार्य र पैरवीको महत्व सिकाउँदै आगामी कूटनीतिज्ञहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने कलेजको अपेक्षा रहेको छ ।
ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया