रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
काठमाडौं । चाबहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रमका बिच कलेजले २३ औँ स्वागत तथा २१ औँ विदाइ कार्यक्रम सम्पन्न गरेको हो ।
संस्कारसहितको शिक्षा प्रदान गर्दै देशभरका माविहरुमध्ये पाचौँ स्थानमा रहेको यस कलेजले स्थापना कालदेखि निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको छ । विेशेषगरी योग, ध्यान र नमस्ते संस्कृतिलाई आफ्नो चिनारी बनाएको यस कलेजले हरेक कार्यक्रम ध्यानबाट नै सुरु गर्दै आएको छ । उसो त स्वागत तथा विदाई कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड सदस्य दामोदर निरौलाले उपस्थित सम्पूर्णलाई २ मिनेट ध्यान गराएका थिए ।
त्यस्तै, कार्यक्रममा कलेजका सहायक प्रधानाध्यापक नन्दू कुशुवाहले उपस्थितलाई मन्तव्यमार्फ स्वागत गरेका थिए । उनले रिलायन्सले निरन्तर अब्बल नतिजा प्राप्त गर्नु र अग्रणी माविका रुपमा कसरी स्थापित भयो भन्ने बारे प्रष्ट पारेका थिए । ‘हामी विशेषगरी चारवटा कुराले अब्बल माविका रुपमा स्थापित हुँदै आएका छौँ,’ कार्यक्रममा बोल्ने क्रममा कुशुवाहले भने, ‘पहिलो एकेडेमिक उपलब्धि, दोस्रो अतिरिक्त उपलब्धि, तेस्रो कल्चर र चौथो आइसीटी पब्लिकेशन हाम्रो अब्बलताका आधार हुन ।’
यसैगरी, कक्षा १२ को तर्फबाट उज्वल देवकोटाले कक्षा ११ मा भर्ना भइ सुनौलो यात्रा तय गर्दै गरेका र माध्यमिक शिक्षा पार गरी विदाइ हुन लागेका साथीहरुलाई शुभकामना दिए । साथै, गत वर्ष रिलायन्समा कक्षा ११ मा भर्ना हुँदा कता कता नौलो लागेपनि रिलायन्स आफ्नो दोस्रो घर बनेको उनको भनाई थियो । ‘नयाँ ठाउँ, नयाँ कोर्स, नयाँ शिक्षक, नयाँ परिवेश जसले हामीमा एकखालको अन्योल पक्कै थियो,’ उनले भने, ‘तर, रिलायन्समा प्रवेश गरेदेखि कहिल्यै कुनै पनि कुराको अभाव र दबाबको सामना गर्नु परेन ।’
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । उनले पछिल्लो समय विद्यार्थीहरुले पठन संस्कृतिको विकास गर्नुपर्ने बताए । त्यसैगरी, कक्षा १२ पछि नेपालमै भविष्य खोज्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी दीपा शाही रहेकी थिइन् । उनले विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्व रहेको बताइन् । ‘हामीसँग जस्तोसुकै ज्ञान र क्षमता भएपनि अनुशासन भएन भने कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्दैनौँ,’ उनले भनिन्, ‘त्यसैले अनुशासित भइ अरुलाई सम्मान गर्न सक्नुभयो भने मात्र तपाईंले पनि सम्मान पाउन सक्नुहुन्छ ।’
यसैगरी, कार्यक्रमका अध्यक्षकलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाले नयाँ विद्यार्थी स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थी आगामी शैक्षिक यात्राको शुभकामना दिए । ‘तपाईंहरुलाई हामीले विदाइ गरेका होइनौँ यो त नयाँ यात्राको उत्सव मनाएका हौँ,’ उनले भने, ‘आगामी शैक्षिक यात्रामा पनि रिलायन्स नै तपाईंहरुको सारथी बन्न सक्छ ।’
कार्यक्रममा बोल्ने क्रममा थापाले रिलायन्सले स्नातक तहका लागि राजर्षि जनक विश्वविद्यालयबाट बिसीए, बिएससीसिएसआइटी, बीबीए लगायतका विषयमा सम्बन्धन प्राप्त गरेको जानकारीसमेत गराए । ‘तपाईंहरुले खोजेको र रोजेको विषय अध्यापन गराउनका लागि रिलायन्सले सम्बन्धन प्राप्त गरिसकेको छ,’ उनले भने, ‘अब स्नातक तहमा अध्ययनका लागि तपाईंहरु कतै भौंतारिनुपर्दैन सिधै रिलायन्स आए हुन्छ ।’
कार्यक्रममा एजुकेशन समाचारका प्रधानसम्पादक महेश तिमल्सिनालाई सम्मान गरिएको थियो । त्यस्तै, रिलायन्समा अध्यापनरत प्राध्यापकहरुलाई पीएचडी सम्मानसमेत गरिएको थियो ।
इसीए को–अर्डिनेटर गोबिन्द ढकालले सञ्चालन गरेका कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा झण्डै तीन हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेजका अनुसार रिलायन्स इन्टरनेशनल एकेडेमीमा करिब ७० जिल्ला भन्दा माथिका विद्यार्थीहरु भर्ना भएका छन् ।
ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया