बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले चार जना सहसचिवको पदस्थापन गरेको छ । गत पुष १४ गते सहसचिवमा बढुवा भएका जयन्ती सत्याल, कृष्णप्रसाद शर्मा, रमाकान्त तिवारी र भाष्करदत्त पन्तलाई पदस्थापन गरेको हो ।
बोर्डले यसअघि बागमती प्रदेशको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको प्रमुख रहेकी सत्याललाई बोर्डको प्रशासन प्रमुखको जिम्मेवारी दिएको छ । त्यस्तै, यसअघि पनि परीक्षा नियन्त्रकको जिम्मेवारीमा रहेका कृष्ण शर्मालाई पुनः नियन्त्रककै भूमिका दिइएको छ । उनी विगत ६ वर्षदेखि परीक्षा नियन्त्रकै जिम्मेवारीमा छन् ।
अर्का सहसचिव रमाकान्त तिवारीलाई बागमती प्रदेशको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ भने भाष्करदत्त पन्तलाई योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको बोर्डले जनाएको छ । यसैगरी, अनुसन्धान तथा शासकीय सुधार महाशाखाको निमित्त प्रमुखको रुपमा उपसचिव बेदनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया