काठमाडौं । चावहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल कलेजमा राष्ट्रव्यापीपाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू भएको छ । विद्यार्थीलाई सूचना प्रविधिको अन्वेषण तथा प्रवर्दनात्मक कार्यमा लाग्न उत्प्रेरणा भर्ने उद्धेश्यले आजबाट प्रदर्शनी सुरु भएको हो ।
शैक्षिक क्रियाकलापअन्तर्गत सिकाई प्रणालीमा जोड दिँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित प्रदर्शनीलाई काठमाडौं उपत्यकाका १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त विज्ञान प्रदर्शनीमा ७७ वटा स्टल रहेका छन् ।
प्रदर्शनीको उद्घाटन समारोहलाई प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्र तथा कस्मोलोजीका विज्ञ प्रा.डा. उदयराज खनालले गरेका थिए । औपचारिक कार्यक्रमको सुरुवातमा संस्थापक निर्देशक, एवम् संस्कृति विभाग प्रमुख दामोदार निरौलाले योग ध्यानको महत्व दर्शाउँदै कार्यक्रममा उपस्थित अतिथि, शिक्षक, विद्यार्थीहरुलाई दुई मिनेट ध्यान गराएका थिए ।
त्यस्तै, कार्यक्रममा उपस्थित सम्पूर्णलाई कलेजका संस्थापक निर्देशक एवम् सहायक क्याम्पस प्रमुख नन्दुप्रसाद कुशुवाहले मन्तव्यमार्फत स्वागत गरेका थिए । रिलायन्सले आयोजना गरेको साइन्स फेयरमा अन्वेषण र नयाँ प्रवर्दनात्मक कार्य गर्नेहरुको भेला भएको बताए । ‘प्रदर्शनीमा वर्तमान परिप्रेक्षका जल्दोबल्दो समस्यालाई प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने सामग्रीहरु राखिएका छन्,’ उनले भने, ‘विद्यार्थीले विभिन्न स्रोत साधन जुटाएर तयार पारिएका ती सामग्रीमा सुनौलो भविष्य देखिन्छ ।’
उद्घाटन कार्यक्रमको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्रजङ्ग थापाले गरेका थिए । यसैगरी, कलेजका संस्थापक सदस्य राजुकमार सिवाकोटीले अब प्रविधिबिनाको जीवन सम्भव नहुने बताए । ‘प्रविधि भनेको सिर्जना हो जो विद्यार्थीलाई विद्यालय तहबाटै सिकाउनुपर्छ भनेर हामीले यो प्रदर्शनीको आयोजना गरेका हौँ,’ उनी भन्दै थिए, ‘हामीले वर्षेनी गर्ने यस्ता प्रदर्शनीले थुप्रै विद्यार्थीहरु सुचना र प्रविधिमा दखल राखी युवा वैज्ञानिकका रुपमा समेत चिनिन थाल्नुभएको छ ।’
कार्यक्रममा बोल्ने क्रममा सिवाकोटीले यस्ता प्रदर्शनीले एकेडेमी र इण्डष्ट्रीबीचको खाडललाई पुर्न सघाउ गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि खनालले नयाँ पुस्तामा अन्वेषणको खाँचो रहेको बताए । साथै, प्रदर्शनीको अवलोकन गर्दै उनल विद्यार्थीहरुलाई हौसलासमेत प्रदान गरेका थिए ।
कार्यक्रमका सभापति एवम् रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले तीन दिने प्रदर्शनीमा देशभरका ५ हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको बताए । पढाईलाई सिर्जनासँग जोड्ने उद्धेश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीको सिर्जना र अन्वेषणको अवलोकन गर्न सकिने बताए । ‘अबको पुस्ता धेरै पढेको भन्दा पनि सिर्जनात्मक हुन जरुरी छ,’ उनले भने, ‘अब पढाईलाई डिग्रीसँग होइन सिर्जनासँग दाँज्नुपर्दछ ।’
प्रदर्शनीमा विज्ञान र सूचना प्रविधि गरी ६१ प्रदर्शनी तथा स्टलहरु रहेका छन् । अन्य कलेज तथा विद्यालय स्तरीय विज्ञान प्रदर्शनीहरु समेत रहने छन् । त्यसका अलावा Art Painting, HM Stall, Face Painting ,Food Stall पनि रहने छन् । प्रदर्शनीकै दौरानमा Dental Camp को समेत सञ्चालन गरिएकाे छ ।
साथै, Butterfly gallery, project showcase of endangered species of birds (Bengal Florican ),smart helmet ,smart door with face recognition, disaster management model of an airplane प्रमुख आकर्षक स्टलहरु रहेका छन् । त्यसको अलावा प्रदर्शनीको दोश्रो दिन Business Idea Pitching कार्यक्रमको पनि आयोजना गरिने जनाइएकाे छ ।
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया