विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
एसईई सकिएसँगै यतिबेला विद्यार्थी र अभिभावक उपयुक्त कलेज छनोटको तयारीमा छन् । राम्रो नतिजा मात्र होइन, गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र भविष्य निर्माणको स्पष्ट आधार खोज्ने अभिभावक तथा विद्यार्थीको संख्या बढ्दो छ । यही क्रममा काठमाडौंको चाबहिलस्थित विनायक सिद्ध कलेज पछिल्ला वर्षहरूमा धेरै विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ ।
वि.सं. २०७१ सालमा स्थापना भएको विनायक सिद्ध कलेजले छोटो समयमै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गरेको छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायअन्तर्गत अध्ययन अध्यापन गराउँदै आएको यस कलेजले व्यवहारिक शिक्षण प्रणाली, अनुशासित वातावरण र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको दाबी गर्छ ।
कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिंखडाका अनुसार विनायक सिद्धको उद्देश्य केवल परीक्षामुखी शिक्षा प्रदान गर्नु मात्र होइन । विद्यार्थीको क्षमता, रुचि र भविष्यको लक्ष्यलाई बुझेर उनीहरूलाई आत्मविश्वासी र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्नु पनि संस्थाको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।
‘हरेक विद्यार्थीभित्र फरक क्षमता हुन्छ,’ सिंखडा भन्छन्, ‘त्यसलाई सही ढंगले पहिचान गरेर मार्गदर्शन गर्न सकियो भने विद्यार्थीले आफ्नो वास्तविक सम्भावना देखाउन सक्छ ।’
विनायक सिद्धले घोकन्ते शिक्षाभन्दा फरक शैलीको सिकाइ अभ्यास गरिरहेको कलेजको दाबी छ । आलोचनात्मक सोच, विश्लेषणात्मक क्षमता र व्यवहारिक ज्ञान विकासका लागि अनुभवी तथा समर्पित फ्याकल्टीमार्फत विशेष मेन्टरसिप प्रदान गरिँदै आएको कलेजको भनाइ छ । नियमित शैक्षिक निगरानी, मोटिभेसनल काउन्सिलिङ र विद्यार्थीमैत्री वातावरणले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको अनुभव कलेज प्रशासनको छ ।
पछिल्लो समय प्रविधिमैत्री शिक्षाको माग बढिरहेका बेला विनायक सिद्धले आफ्नो भौतिक तथा प्राविधिक पूर्वाधारलाई सोहीअनुरूप परिमार्जन गरेको छ। कलेजले डिजिटल प्रविधि र आधुनिक शिक्षण विधिको प्रयोग गर्दै विज्ञान तथा सूचना प्रविधिका लागि अत्याधुनिक प्रयोगशालाको व्यवस्था गरेको छ। यसका साथै विस्तृत अध्ययन र अनुसन्धानका लागि सुविधासम्पन्न इ-पुस्तकालय, नियमित मोटिभेसनल काउन्सिलिङ र सूक्ष्म प्राज्ञिक निगरानीले विद्यार्थीलाई गुणस्तरीय सिकाइको अनुभव प्रदान गरिरहेको कलेजको भनाइ छ ।
शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि कलेजले विशेष जोड दिने गरेको छ । नेतृत्व विकास कार्यक्रम, कर्पोरेट इन्टर्याक्सन, कला तथा खेलकुदसम्बन्धी गतिविधिमा विद्यार्थीको सक्रिय सहभागिता गराइने गरिएको कलेजले जनाएको छ । यही वातावरणका कारण विनायक सिद्धबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडी र कलाकार उत्पादन भएको कलेजको दाबी छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रीति राई, अमिशा कार्की तथा राष्ट्रिय फुटबल खेलाडी आयुष घलानलगायतका खेलाडी यसै कलेजसँग जोडिएका नाम हुन् । त्यस्तै, नृत्य तथा सिर्जनात्मक क्षेत्रमा सरस्वती धिमाल, सुरेन राई, सुशील मगर, सिर्जल रावल, सुजन मार्फा र अमित कार्कीजस्ता प्रतिभाले पनि यही कलेजबाट आफ्नो यात्रा अघि बढाएको बताइन्छ ।
शैक्षिक उपलब्धिको हिसाबले पनि विनायक सिद्धका विद्यार्थीले हरेक वर्ष MBBS, BSC Nursing, Engineering, BIT, BBA, BHM, CA र BA LLB लगायतका क्षेत्रमा पूर्ण तथा आंशिक छात्रवृत्ति प्राप्त गर्दै आएको कलेजको दाबी छ । स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा समेत यहाँका पूर्वविद्यार्थी अध्ययनरत रहेको कलेज प्रशासनले जनाएको छ ।
यस वर्ष पनि विभिन्न क्षेत्रमा उत्कृष्ट, जेहेन्दार तथा खेलकुद र कला क्षेत्रमा विशेष क्षमता भएका विद्यार्थीलाई लक्षित गर्दै पाँच दर्जनभन्दा बढी पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जानकारी दिएको छ । प्रतिभाको पहिचान, प्रोत्साहन र संरक्षणलाई प्राथमिकतामा राख्ने अभ्यासले कलेजलाई विद्यार्थीमाझ अझ लोकप्रिय बनाएको कलेजको ठहर छ ।
दक्ष प्राध्यापक मण्डल, अनुशासित वातावरण, अत्याधुनिक पूर्वाधार र विद्यार्थीको प्रतिभा विकासमा दिइएको प्राथमिकताका कारण विनायक सिद्ध कलेज पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका विद्यार्थीका लागि विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।
ताजा अपडेट
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
- रिलायन्स कलेजले सीए कार्यक्रम सञ्चालन गर्दै
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया