शिक्षामा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए।
सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, उच्च शिक्षामा पहुँच अभिवृद्धि, अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, शिक्षक क्षमता विकास तथा शैक्षिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।
बजेटमार्फत विद्यालय शिक्षा क्षेत्र सुधार, विश्वविद्यालयहरूको क्षमता अभिवृद्धि, डिजिटल शिक्षाको विस्तार तथा सीपमूलक शिक्षालाई थप प्रभावकारी बनाउने कार्यक्रम अघि सारिएको अर्थमन्त्री वाग्लेले बताए।
शिक्षा क्षेत्रका लागि छुट्याइएको बजेट कुल राष्ट्रिय बजेटको महत्वपूर्ण हिस्सा रहेको सरकारको दाबी छ। आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा घोषणा गरिएका कार्यक्रम तथा योजनाले शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया