Techie IT
  • बिहीबार, जेठ २८, २०८३ / Thursday, June 11, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकेबीए ग्लोबलद्वारा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न

केबीए ग्लोबलद्वारा ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न


काठमाडौं । केबीए ग्लोबल एजुकेशन एण्ड माइग्रेसनले वैदेशिक अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर’ सम्पन्न गरेको छ। बुधबार काठमाडौंको बानेश्वरस्थित ओमकार भवनमा आयोजित फेयरमा तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो।

कक्षा १२ को परीक्षा सम्पन्न गरी उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै फेयर आयोजना गरिएको केबीए ग्लोबलका नेपालस्थित बिजनेस डेभलपमेन्ट डाइरेक्टर विनोद दाहालले जानकारी दिए ।

उनका अनुसार फेयरमार्फत अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत तथा न्युजिल्याण्डका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकलाई प्रत्यक्ष अन्तरक्रिया गराइएको थियो ।

“हामीले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई विभिन्न विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट तथा परामर्शको अवसर उपलब्ध गराएका छौँ,” दाहालले भने, “यसले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई उपयुक्त गन्तव्य र विश्वविद्यालय छनोट गर्न महत्त्वपूर्ण सहयोग पुगेको हाम्रो विश्वास छ ।”

फेयरमा सहभागी विद्यार्थी तथा अभिभावकले विभिन्न देशका विश्वविद्यालय, अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया र सम्भावनाबारे प्रत्यक्ष जानकारी लिने अवसर पाएका थिए । यसले कुन देश र कुन विश्वविद्यालय आफ्नो भविष्यका लागि उपयुक्त हुन्छ भन्ने विषयमा रहेको अन्योलता कम गर्न सहयोग पुगेको दाहालको भनाइ छ ।

“हामीले सहभागीलाई उनीहरूले अध्ययन गर्न चाहेको देश र विश्वविद्यालयबारे आधिकारिक तथा विश्वसनीय जानकारी प्रदान गरेका छौँ,”  उनले भने, “फेयरले विद्यार्थी र अभिभावकमा रहेका जिज्ञासा तथा कौतुहलतालाई धेरै हदसम्म सम्बोधन गरेकोमा हामी विश्वस्त छौँ ।”

फेयरका अवसरमा केबीए ग्लोबलले आइइएलटीएस र पीटीई तयारी कक्षाका लागि ५० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरेको थियो । साथै, फेयरकै दिन सिट बुकिङ गर्ने विद्यार्थीलाई विशेष छुट प्रदान गरिएको दाहालले बताए ।

उनले तयारी कक्षामा सहभागी हुने विद्यार्थीलाई अतिरिक्त शुल्क नलिई सीपमूलक तालिमसमेत उपलब्ध गराइने जानकारी दिए ।

पछिल्ला केही दशकयता वैदेशिक अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या निरन्तर बढ्दै गएको सन्दर्भमा यस्ता कार्यक्रमले विद्यार्थी तथा अभिभावकलाई सही सूचना प्रदान गर्दै उपयुक्त गन्तव्य र शैक्षिक संस्थाको छनोटमा सहयोग पुग्ने विश्वास केबीए ग्लोबलले लिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको