ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका विद्यार्थीको मृत्यु, घटनाबारे अनुसन्धान जारी
ललितपुरस्थित डीएभी स्कुलको चौथो तलाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंको चाबहिल निवासी १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार घटना सोमबार दिउँसो करिब १२ः३० बजे भएको हो। चौथो तलाबाट खसेर गम्भीर घाइते भएका सिंहलाई तत्काल उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा साँझ करिब ६ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त घटनालाई आत्महत्यासँग जोडेर हेरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा सिंहले आफैं हाम फालेको देखिएको छ। साथै, घटनास्थलबाट एउटा सुसाइड नोटसमेत बरामद भएको बताइएको छ।
यद्यपि, बरामद भएको नोटमा रहेको हस्तलिपि आर्यन सिंहकै हो वा होइन भन्ने विषयमा फरेन्सिक परीक्षण हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।
ताजा अपडेट
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया