नर्सिङ भर्नामा योग्यता क्रम मिच्ने शिक्षालयलाई सीटीईभीटीको चेतावनी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले नर्सिङ कार्यक्रमको भर्ना प्रक्रियामा योग्यता क्रम मिच्ने तथा नियमविपरीत विद्यार्थी भर्ना गर्ने शिक्षालयलाई आगामी शैक्षिक सत्रमा अतिरिक्त छात्रवृत्ति कोटा थप्नुपर्ने चेतावनी दिएको छ ।
कार्यालयले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका रिक्त सिटसम्बन्धी सूचना जारी गर्दै भर्ना प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विवादरहित बनाउन सम्बन्धित शिक्षालयलाई निर्देशन दिएको हो । सूचनाअनुसार सम्बन्धित कार्यक्रमको उत्तीर्ण सूची (पास लिस्ट) मा रहेका उम्मेदवारबाट मात्र आवेदन लिनुपर्ने व्यवस्था गरिएको छ ।
सीटीईभीटीका अनुसार केही शिक्षालयले योग्य उम्मेदवारबाट आवेदन नलिएको, इमेलमार्फत आवेदन दिने व्यवस्था नगरेको तथा सूचनामा उल्लेख गरिएका सम्पर्क नम्बरमा समेत सम्पर्क हुन नसकेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो । त्यसैले उम्मेदवारलाई स्वयं उपस्थित भएर वा शिक्षालयको आधिकारिक इमेलमार्फत निवेदन पेश गर्न सक्ने व्यवस्था मिलाउन शिक्षालयहरूलाई भनिएको छ ।
कार्यालयले भर्ना प्रक्रिया योग्यता क्रमका आधारमा सञ्चालन गर्नुपर्ने स्पष्ट पार्दै नियम उल्लंघन गरी विद्यार्थी भर्ना गरेको प्रमाणित भए सम्बन्धित शिक्षालयले आगामी शैक्षिक सत्रमा सोही संख्यामा अतिरिक्त छात्रवृत्ति कोटा थप्नुपर्ने वा अन्य आवश्यक व्यवस्था गर्नुपर्ने जनाएको छ ।
सीटीईभीटीले सबै शिक्षालयलाई निर्धारित मापदण्ड र निर्देशिकाअनुसार भर्ना प्रक्रिया सञ्चालन गर्न तथा विद्यार्थीको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।

ताजा अपडेट
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया