काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा ले आजै नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन् ।
यस वर्षको कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि २७ गतेसम्म देशभर सञ्चालन गरिएको थियो । परीक्षा सम्पन्न भएको करिब ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार बोर्डले उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि तथा अन्य प्राविधिक तयारी पूरा गरेको जनाएको छ ।
बोर्डले नतिजा सार्वजनिक गर्नुअघि अन्तिम तयारीको काम सम्पन्न गरेको र आज बस्ने बोर्ड बैठकबाट नतिजा अनुमोदन भएपछि सार्वजनिक गरिने जनाएको छ ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट तथा बोर्डले तोकेका अन्य माध्यममार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् । यस वर्षको नतिजालाई लिएर देशभरका विद्यार्थी र अभिभावक उत्सुकतापूर्वक प्रतीक्षामा रहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा सम्पन्न भएको छोटो अवधिमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्यअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी आज नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया