कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
काठमाडौं । कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले उठाएका गुनासोबीच सरकारद्वारा उत्तरपुस्तिका परीक्षण र परीक्षाङ्क प्रमाणीकरणका लागि समिति गठन गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार यस वर्ष परीक्षामा सहभागी विद्यार्थीमध्ये ६९ दशमलव ७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । नतिजा सार्वजनिक भएसँगै प्राप्ताङ्कप्रति असन्तुष्टि जनाउँदै विभिन्न स्थानमा विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्ने समिति गठन गरिएको हो ।
मन्त्री पोखरेलले समितिले उत्तरपुस्तिका मूल्यांकन प्रक्रिया, प्राप्ताङ्क प्रविष्टि तथा डेटा इन्ट्रीमा कुनै त्रुटि भए–नभएको विषयमा परीक्षण गरी प्रतिवेदन पेश गर्ने जानकारी दिएका छन् ।
यसैबीच, मन्त्री पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाबारे यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै नतिजा प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताएका छन् । उनले प्रक्रियामाथि प्रश्न उठाउने तथा आफ्ना माग राख्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीहरूको लोकतान्त्रिक अधिकारको सम्मान गर्नुपर्ने पनि बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले केही व्यक्तिबाट आन्दोलनरत विद्यार्थीहरूप्रति गरिएका नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका व्यक्ति वा समूहलाई दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा आग्रह गरेका छन् ।
कक्षा १२ को नतिजा सार्वजनिक भएपछि प्राप्ताङ्क चित्त नबुझेको भन्दै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलालगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गर्न माग गर्दै आएका छन् ।
विद्यार्थीहरूले हालको रिटोटलिङ प्रणाली प्रभावकारी नभएको, प्राप्ताङ्कको जोडघटाउ मात्र जाँच हुने भएकाले उत्तरपुस्तिका पुनः परीक्षणको कानुनी व्यवस्था हुनुपर्ने माग राखिरहेका बेला सरकारले समिति गठन गरेको हो ।
समितिले गर्ने स्याम्पलिङ परीक्षण र भेरिफिकेसनबाट मूल्यांकन तथा प्राप्ताङ्क प्रविष्टि प्रक्रियाको विश्वसनीयता पुष्टि गर्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया