भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गतको ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा भोलि असार २३ गते सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डका उच्च स्रोतका अनुसार, नतिजा तयारीसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कुनै प्राविधिक समस्या नआएमा मंगलबार नतिजा सार्वजनिक गरिनेछ।
बोर्डले गत वैशाख २८ गते एसईई २०८२ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। उक्त नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी नन–ग्रेडेड (NG) भएका थिए। ती सबै विद्यार्थीलाई शैक्षिक अवसर सुनिश्चित गर्न बोर्डले ग्रेड वृद्धी (पूरक) परीक्षामा सहभागी हुने अवसर दिएको थियो ।
ग्रेड वृद्धी (पूरक) परीक्षा असार १ गतेदेखि ७ गतेसम्म देशभर सञ्चालन गरिएको थियो । परीक्षामा सहभागी विद्यार्थीहरूको उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि तथा नतिजा प्रशोधनको काम सम्पन्न भइसकेको बोर्ड स्रोतले जनाएको छ। अन्तिम प्राविधिक परीक्षणपछि नतिजा सार्वजनिक गरिने तयारी रहेको छ ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराउने आधिकारिक वेबसाइट, एसएमएस सेवा तथा अन्य आधिकारिक माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।
यस वर्ष नियमित परीक्षामा नन–ग्रेडेड भएका एक लाख ४६ हजारभन्दा बढी विद्यार्थीका लागि ग्रेड वृद्धी परीक्षाको नतिजा विशेष महत्वको रहेको छ । नतिजाले उनीहरूको आगामी शैक्षिक यात्राको दिशा तय गर्ने भएकाले विद्यार्थी तथा अभिभावकहरू उत्सुकतापूर्वक प्रतीक्षामा रहेका छन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया