कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योग (Retotaling) नतिजाको पहिलो चरण सार्वजनिक गरेको छ। बोर्डले झण्डै ३४ हजार पुनर्योग निवेदनमध्ये पहिलो चरणमा एनजी (अनुत्तीर्ण) भएका १८ हजार २ सय विद्यार्थीको मात्रै नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार १८ हजार २ सय अनुत्तीर्ण विद्यार्थीमध्ये १२७ जनाको मात्र ग्रेड परिवर्तन भई उत्तीर्ण भएका छन् ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार साउन २ र ३ गते सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा विद्यार्थी सहभागी हुन पाउने व्यवस्था मिलाउन अनुत्तीर्ण भएका विद्यार्थीको पुनर्योग नतिजालाई प्राथमिकतामा राखेर सार्वजनिक गरिएको हो। पुनर्योगपछि उत्तीर्ण भएका विद्यार्थीले अब ग्रेडवृद्धि परीक्षा दिनुपर्ने छैन ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार जारी गरेको सूचनाअनुसार वैशाख १४ गतेदेखि जेठ २७ गतेसम्म पुनर्योगका लागि निवेदन दिएका एनजी प्राप्त विद्यार्थीहरूको नतिजा पुनर्योग उपसमितिको सिफारिस तथा परामर्श समितिको निर्णयअनुसार सार्वजनिक गरिएको हो। साथै, ग्रेड परिवर्तन भएका विद्यार्थीले नतिजा प्रकाशित भएको मितिले १० दिनपछि सम्बन्धित बोर्ड कार्यालयमार्फत सक्कल ग्रेडसिट प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक शर्माले झण्डै ३४ हजारमध्ये बाँकी करिब १६ हजार विद्यार्थीको पुनर्योग नतिजा भने पछि सार्वजनिक गरिने जानकारी दिए। ती विद्यार्थीले ग्रेड चित्त नबुझेर पुनर्योगका लागि निवेदन दिएका हुन् ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया