कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
दक्षिण कोरियामा रोजगारीका लागि जाने इच्छुक नेपाली युवाहरूलाई लक्षित गर्दै सन् २०२६ को रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षा (EPS-TOPIK) को आवेदन खुला गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पी.एस. कोरिया शाखा, ग्वार्को ललितपुरले सोमबार एक सूचना जारी गर्दै फारम भर्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको हो ।
युवा, श्रम तथा रोजगार मन्त्रालय र दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र (MOU) अनुसार यसपटक विभिन्न चार वटा क्षेत्रका लागि कुल ७ हजार २०० जना नेपाली श्रमिक उत्तीर्ण गराइने अनुमानित कोटा तोकिएको छ ।
कुन क्षेत्रमा कति कोटा ?
एचआरडी कोरियाले पठाएको माग अनुसार सबैभन्दा बढी उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका लागि ५ हजार जनाको कोटा छुट्याइएको छ । त्यसैगरी कृषि तथा पशुपालन क्षेत्रका लागि २ हजार, सेवा क्षेत्रका लागि १ सय र वन क्षेत्रका लागि १ सय जनाको कोटा तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
आवेदन दिने समय र प्रक्रिया
ईपीएस शाखाका अनुसार इच्छुक आवेदकहरूले साउन ११ देखि साउन १७ गते अर्थात् (जुलाई २७ देखि अगस्ट २, २०२६) सम्म अनलाइनमार्फत फारम भर्न सक्नेछन् । परीक्षा फारम विभागको आधिकारिक वेबसाइट (eoers.epsnepal.gov.np) मा गई भर्न सकिनेछ ।परीक्षा शुल्क २८ अमेरिकी डलर तोकिएको छ । फारम भर्ने दिन नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दरका आधारमा हुन आउने नेपाली रुपैयाँ अनलाइन भुक्तानी प्रणालीमार्फत बुझाउनुपर्नेछ ।
योग्यता र मापदण्ड
आवेदन भर्नका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (अर्थात् सन् १९८६ जुलाई २८ देखि सन् २००८ जुलाई २७ सम्म जन्मिएका) नेपाली नागरिक हुनुपर्नेछ । यसैगरी, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैर-कानूनी रूपमा बसोबास गरी निष्कासित नगरिएको, नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको र कोरियामा E-9 वा E-10 भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने मापदण्ड तोकिएको छ । साथै, आवेदकहरूमा रङ छुट्याउन नसक्ने (Color Blindness/Weakness) समस्या हुन नहुने सूचनामा उल्लेख छ ।
कस्तो छ परीक्षा प्रणाली ?
परीक्षा ललितपुरको भैँसीपाटीस्थित UBT भवनमा UBT (Ubiquitous Based Test) प्रणालीमार्फत दैनिक ५ शिफ्टमा सञ्चालन हुनेछ। परीक्षामा पढाइ (Reading) र सुनाइ (Listening) गरी कुल ४० वटा वस्तुगत बहुउत्तर (MCQ) प्रश्नहरू सोधिनेछन्, जसको कूल पूर्णाङ्क १०० र समय ५० मिनेट रहनेछ ।पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गरेपछि दोस्रो चरणको सीप परीक्षण (Skill Test) र कार्यक्षमता मूल्याङ्कन (Job Capacity Assessment) उत्तीर्ण गरेपछि मात्र अन्तिम छनोट सूचीमा पर्न सकिनेछ । ईपीएस शाखाले परीक्षामा म्यानुअल्ली चीट गर्ने, मोबाइल वा अन्य इलेक्ट्रोनिक उपकरण लैजाने वा अर्काको नाममा परीक्षा दिने/दिने गराउने परीक्षार्थीलाई ४ वर्षका लागि परीक्षामा प्रतिबन्ध लगाइने र कानूनी कारबाहीका लागि नाम आमसञ्चार माध्यमबाट सार्वजनिक गरिने चेतावनी दिएको छ ।
साथै, कोरियन भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको शतप्रतिशत सुनिश्चितता नहुने स्पष्ट पार्दै बिचौलियाको प्रलोभनमा नपर्न पनि विभागले सबैलाई सचेत गराएको छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया