निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक मार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत समता शुल्क (Equity Fee) लागू नगर्ने निर्णय गरेको छ। चौतर्फी विरोध र जनस्तरबाट असन्तुष्टि व्यक्त भएपछि प्रधानमन्त्री बालेन शाहले उक्त कर लागू नगरिने र निर्णय परिमार्जन गरिएको स्पष्ट पारेका हुन्।
सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णयमा पुगिएको बताएका छन्। निजी विद्यालय, कलेज तथा अस्पतालहरूमा ३ प्रतिशत समता कर लगाउँदा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएकाले जनहितलाई मध्यनजर गर्दै सरकारले उक्त निर्णय लागू नगर्ने भएको हो।
३ प्रतिशत समता करको मुख्य उद्देश्य दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्याउनु, दलित, सिमान्कृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु र स्वास्थ्य बीमाको विस्तार गर्नु रहेको भए पनि नागरिक तहको प्रतिक्रियालाई ध्यानमा राखेर कदम सच्याइएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। नागरिकको माग सुन्दै अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको र कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहने उनले बताएका छन्। यसका साथै विपन्न नागरिकका लागि निजी अस्पतालहरूमा १० प्रतिशत बेड र निजी क्याम्पस तथा विश्वविद्यालयहरूमा १० प्रतिशत सिट पारदर्शी रूपमा उपलब्ध गराउने नीति भने कडाइका साथ कार्यान्वयन गरिने प्रधानमन्त्री शाहले प्रतिबद्धता व्यक्त गरेका छन्।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया