भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
रसुवाको उत्तरगया गाउँपालिका–लहरेपौवास्थित निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् ।
विद्यालयका प्रधानाध्यापक माधव लामिछानेका अनुसार बाढी आएको दिन विद्यालय आउने क्रममा रहेका विद्यार्थीहरू बाटोमै सम्पर्कविहीन भएका हुन्। उनीहरू विद्यालय पनि पुग्न सकेनन् र घरसमेत फर्किएको जानकारी विद्यालयले पाएको छैन ।
निलकण्ठ माध्यमिक विद्यालयमा करिब ५ सय ५० विद्यार्थी अध्ययनरत छन्। बाढी आएको समयमा करिब साढे ३ सय विद्यार्थी विद्यालयमा आइपुगेका थिए। उनीहरू सुरक्षित छन्। तर, पैदल विद्यालय आउने करिब २ सय विद्यार्थी भने सम्पर्कमा छैनन्।
विद्यालयका प्रधानाध्यापक लामिछानेका अनुसार विद्यालय उच्च स्थानमा रहेकाले बाढीले विद्यालय भवनमा ठूलो क्षति पुर्याउन सकेन। तर, विद्यार्थीलाई लिन गएको विद्यालयको बस भने बाढीमा परेको छ।
विद्यालयमा रहेका विद्यार्थी सुरक्षित भए पनि उनीहरूका परिवारको अवस्था भने चिन्ताजनक छ। धेरै विद्यार्थीका अभिभावकसमेत सम्पर्कविहीन छन्। विद्यालयले सुरक्षित रहेका विद्यार्थीलाई क्याम्पमा राखेर खानेबस्ने व्यवस्था मिलाइरहेको छ।
निलकण्ठ माध्यमिक विद्यालयबाहेक लहरेपौवा आसपासका मोर्डन ट्रिनिटी बोर्डिङ स्कुल, उत्तरगया पब्लिक सेकेण्डरी स्कुल र रामचन्द्र आवासीय विद्यालयका गरी थप करिब १ सय ५० विद्यार्थीसमेत सम्पर्कविहीन रहेको प्रधानाध्यापक लामिछानेले बताएका छन्।
यसरी उक्त क्षेत्रमा मात्रै ३ सय ५० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन रहेको उनको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा विद्यार्थीका अभिभावकसमेत ठूलो संख्यामा सम्पर्कविहीन रहेको र ८ सयभन्दा बढी अभिभावक प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, विद्यार्थी तथा अभिभावकको यकिन अवस्था र क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ।
बाढीपछि विद्यालय पुगेका विद्यार्थी सुरक्षित भए पनि आफ्ना परिवारका सदस्य सम्पर्कमा नआउँदा उनीहरूमा समेत त्रास र चिन्ता देखिएको छ। विशेषगरी साना बालबालिकाको अवस्था थप संवेदनशील बनेको छ।
भोटेकोशी बाढीले विद्यालय, विद्यार्थी र उनीहरूका परिवारमा पुर्याएको क्षतिको वास्तविक अवस्था अझै स्पष्ट भइसकेको छैन। अहिले सबैभन्दा ठूलो चासो भने सम्पर्कविहीन विद्यार्थी र अभिभावकको खोजी तथा उद्धारमा केन्द्रित छ।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया