Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Friday, July 11, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजकक्षा १२ को नतिजा साउन महिनाभित्रै प्रकाशन गर्ने बाेर्डकाे तयारी

कक्षा १२ को नतिजा साउन महिनाभित्रै प्रकाशन गर्ने बाेर्डकाे तयारी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन महिनाभित्रै प्रकाशन तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रण कृष्ण शर्माले साउनको अन्तिम हप्तामा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको एजुकेशन समाचारलाई जानकारी दिए ।

उनका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘हामीले ७० प्रतिशत काम सम्पन्न गरिसक्यौँ,’ उनले भने, ‘अब सकेसक्दो छिटो बाँकी काम सकेर यो महिनाभित्रै नतिजा सार्वजनिक गर्छौँ ।’

यतिबेला उत्तरपुस्तिकाको सम्परीक्षण भइरहेको उनले जानकारी दिए । त्यसपछि इन्ट्री, रजु, टेबुलेसन गरेर हाजिरी हेरेपछिमात्र नतिजा तयार हुने उनी बताउँछन् ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिएका थिए । साथै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको