एसईईको नतिजापछि यतिबेला विद्यालयमा कक्षा ११ मा धमाधम भर्ना खुलेका छन् । विद्यार्थी आकर्षित गर्न र विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन विद्यालयहरूले विभिन्न खालका छुट र छात्रवृत्तिका प्याकेज घोषणा गरेका छन् । विभिन्न किसिमका छुट र छात्रवृत्तिका प्याकेज कार्यक्रम घोषणा गर्नाका साथै विभिन्न विशेषताको प्रचार पनि भइरहेका छन् ।
विद्यालयहरूले यतिखेर भर्ना अभियानका पम्लेट र ब्यानरमा लामो लिस्ट नै उल्लेख गरे पनि सो बमोजिमको विशेषता विद्यालयमा नदेखिएको अभिभावकहरूको गुनासो छ । अभिभावक रुपा जोशीकी छोरी अहिले एसइईपछि ११ पढ्ने तयारीमा छन् । परीक्षामा तीन दशमलव चार जिपिए ल्याएकी रुपाकी छोरीलाई अहिलेसम्म करिब एक दर्जन विद्यालयबाट फोन आइसकेको छ । “धेरै विद्यालयले छात्रबृत्ति दिन्छौँ भनेका छन्, छोरीले राम्रो सुविधा भएको र दक्ष शिक्षक भएको विद्यालयमा पढ्ने भनेर निर्णय गरेकी छ,” उनले भने, “हामी पनि छात्रबृत्तिभन्दा पनि राम्रो पढाइ हुने विद्यालय राम्ररी बुझेर पढाउने तयारीमा छौँ ।”
टीकापुरकी सम्झना विक पनि भर्खरै एसइई उत्र्रिण भएको हो । उनी विज्ञान विषय लिएर पढ्ने तयारीमा हुनुहुन्छ । सम्झनालाई कैलालीकै विद्यालयमा पढौँ कि अन्य जिल्लामा गएर पढौँ भन्ने अन्योल हुनाका साथै दैनिकरुपमा कलेजबाट आउने फोनले समेत सताएको छ । “धेरै ठाउँमा आवेदन दिएकी थिएँ, हिजो आज आवेदन दिएका कलेज तथा विद्यालयबाट फोन आउन थालेका छन्”, उनले भने, “म भने अन्योलमा भएकीले राम्ररी बुझेर मात्र निर्णय गर्छु ।”
समयअनुसार विद्यालयमा भएका सेवा सुविधाका बारेमा अभिभावक तथा विद्यार्थीमा जानकारी गराउने उद्देश्यले प्रचारप्रसार गर्नु स्वभाविकै भएको अभिभावकहरू बताउँछन् तर पछिल्लो समय विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने बहानामा भएभन्दा बढी नै प्रचार हुन थालेकाले त्यसो गर्नुभन्दा वास्तविकता दर्शाउनुपर्ने पूर्वशिक्षक भक्तिराम कोइरालाले बताए । “विद्यार्थी तान्ने बहानामा सुविधा नभएका कुरा पनि प्रचार गरिएको छ, पर्चा र पम्पलेट हेर्दा विद्यालयमा कुनै कमी छैन जस्तो लाग्छ”, उनले भने, “प्रचारप्रसार देखेर मात्रै बालबालिका भर्ना गर्न हुन्न । विद्यालयको वास्तविक अवस्था बुझेर विद्यार्थी भर्ना गर्न अभिभावक सचेत हुनुपर्छ ।”
हिजोआज कतिपय विद्यालय भौतिक र शैक्षिकरुपमा सम्पन्न छन् । कतिपय विद्यालयले अन्य विद्यालयभन्दा आफ्नो विद्यालयलाई सुविधा सम्पन्न देखाउनलाई बढी नै प्रचारप्रसार गर्ने प्रवृत्ति देखिएको र यसले विद्यार्थीमा अन्योल छाउने भएकाले विद्यालयको वास्तविकता अनुसारकै विज्ञापन गर्दा राम्रो हुने कोइरालाको भनाइ छ ।
विद्यालयले प्रचारप्रसार नै नगर्दा विद्यार्थी विद्यालयमा भर्ना हुन नै नआउने भएकाले विद्यालयमा भएकाभन्दा बढाइचढाई गरी प्रचारप्रसार गर्नुराम्रो नभएको जोशीपुर गाउँपालिका शिक्षा शाखाप्रमुख सङ्ग्रामसिंह धामीको भनाइ छ । “आजभोलि सबैले विद्यालयका सुविधा र विशेषताबारे बताउने गर्छन्”, उनले भने, “यतिसम्म ठीकै हो तर गलत प्रचार गरेर, अभिभावक तथा विद्यार्थी झुक्याएर विद्यार्थी तान्नु भने गलत हो ।”
टीकापुरका अधिकांश विद्यालयमा पर्चा पम्प्लेटमा उल्लेख भए बमोजिमका सेवा सुविधा रहेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए । “यदि विद्यालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दा प्रचारप्रसार गरेअनुसारका सेवा सुविधा उपलब्ध नभए विद्यालय प्रशासनसँग गुनासो पोख्नुपर्छ”, उनले भने, “विद्यालयले गलत प्रचार गरेर विद्यार्थी तान्ने काम गर्नुहुन्न । शिक्षाले भविष्य निर्धारण गर्ने भएकाले इमान्दारीता सबैमा हुनुपर्छ । शिक्षा क्षेत्रमा अझ बढी आवश्यक छ ।”
ताजा अपडेट
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया