एसईई खारेज गर्ने सरकारको तयारी, पनिकाको हैसियत समाप्त हुँदै !
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा नहुने प्रस्ताव अघि सोरेको छ । सरकारले शिक्षा विधेयकको मस्यौदामा एसईई परीक्षा नगर्ने प्रस्ताव अघि सारेको हो ।
मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको मन्त्रालय स्रोतले जानकारी दियो । एसईई परीक्षा नलिने भएपछि परीक्षा नियन्त्रण कार्यालययको जिम्मेवारी पनि खोसिने भएको छ ।
यसअघि मुलुकमा संघियता लागू भएसँगै एसएलसीको अस्तित्व नामेट भएको थियो । अब शिक्षा विधेयक मस्यौदाले एसईईलाई खारेज गर्न लागेको हो । सो विधेयकले अब आधारभूत र माध्यमिक शिक्षालाईमात्र कायम गर्ने भएको छ । साथै, शिक्षक सेवा आयोगललाई लोकसेवा आयोगको मोडालिटीमा सञ्चालन गर्नका लागि प्रस्ताव गरिएको छ ।
स्थानीय तहबीच समन्वय गरी शिक्षक सरुवा
मन्त्रालयका अनुसार आज (बिहिबार) मस्यौदा संसद सचिवालयमा दर्ता गर्ने तयारी रहेको छ । उक्त विधेयकको मस्यौदामा एक स्थानीय तहका शिक्षकलाई जुनसुकै स्थानीय तहमा सरुवा गर्नेगरी प्रस्ताव गरिएको छ । दुई स्थानीय तहबीच शिक्षक सरुवा गर्दा दुवै स्थानीय तहबीच समन्वय गर्नुपर्ने व्यवस्था मस्यौदामा छ ।
त्यस्तै, अस्थायी शिक्षकको सेवा अवधि थप गर्ने प्रस्ताव गर्ने पनि गरिएको छ । सबै शिक्षकको पहिलो ७ वर्ष गणना गर्ने गरी मस्यौदा तयार भएको बताइएको छ ।
ताजा अपडेट
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया