त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो, कक्षा १२ को नतिजा चाहिँ कहिले आउला ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम खुला गरेको छ । बिहिबार एक सूचना जारी गर्दै त्रिविले २०८०/०८१ का लागि भर्ना कार्यक्रम खुला गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि संकायमा विद्यार्थी भर्नाका लागि त्रिविले सूचना जारी गरेको हो ।
त्रिविका अनुसार आवेदन फारम २०८० साउन २८ देखि वितरण हुने र भदौ मसान्तसम्म बुझाइसक्नुपर्ने छ ।
त्यस्तै, मंसिर ५ गतेबाट कक्षा सञ्चालन हुने त्रिविले जनाएको छ । त्रिविका अनुसार विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय/अध्ययन संस्थान र विषयअनुसार क्याम्पसमा बेग्लाबेग्लै फारम बुझाउनुपर्ने छ ।
यसैगरी, आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपिसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
त्रिविले भर्ना कार्यक्रम शुरु गरेपनि कक्षा १२ को नतिजा भने प्रकाशित हुन सकेको छैन । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्मा साउन महिनाभित्रै नतिजा ल्याउने गरी काम भइरहेको बताउँछन् । ‘यही महिनाभित्र नतिजा ल्याउने तयारीमा छौँ,’ उनले भने ।

ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया