Techie IT
  • शनिबार, जेठ ५, २०८१ / Sunday, May 19, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारनिजी विद्यालयले किन गरे आन्दोलन स्थगित ? यस्तो रहेछ कारण

निजी विद्यालयले किन गरे आन्दोलन स्थगित ? यस्तो रहेछ कारण


काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले गर्दै आएको सबै आन्दोलनको कार्यक्रमहरु स्थगित गरेका छन् । संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुलाई बाइपास गरेको भन्दै आन्दोलित निजी विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेको हो ।

हिसान, एन प्याब्सन र प्याब्सनले केही दिनदेखि आन्दोलनमा उत्रिएको थिए । आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने भएको छ ।

आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए ।  उनले सरकारसँग वार्ता भइरहेको  बताए । निजी विद्यालयमारा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू आन्दोलित भएका थिए । बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो ।


तपाईको प्रतिक्रिया