महानगरले सच्यायो छात्रवृत्तिको नतिजा, यस्तो छ अन्तिम सूचि
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिको नतिजा सच्याएको छ । महानगरले गत साउन २९ गते सार्वजनिक गरेको भर्ना सूचिमा चित्त नबुझी प्राप्त निवेदनका आधारमा नतिजालाई सच्याएर पुन सार्वजनिक गरेको हो ।
‘प्रथम भर्ना सूचिमा चित्त नबुझी प्राप्त निवेदन उपर कारवाही हुँदा कायम हुन आएको संलग्न बमोजिमको संशोधित नतिजासहित प्रथम भर्ना सूचि सार्वजनिक गरिएको छ,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ ।
त्यसैले अब नयाँ भर्ना तालिकाअनुसार भर्ना हुन महानगरले विद्यार्थीहरुलाई आग्रह गरेको छ । प्रथम चरणको भर्ना सूचिमा नाम भएका विद्यार्थीले साउन ३२ गतेदेखि भदौ ३ गतेसम्म भर्ना गर्न सक्नेछन् ।
यसैगरी, दोस्रो भर्ना सूचि भदौ ५ गते सार्वजनिक गर्ने महानगरले जनाएको छ । दोस्रो भर्ना सूचिमा नाम निस्किएका विद्यार्थीले भदौ ८ गतेसम्म भर्ना गरिसक्नुपर्ने छ ।
महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गरेको थियो ।
हेर्नुहाेस् नतिजा

ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया