अन्ततः आइओइले फिर्ता लिने भयो इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको निर्णय फिर्ता लिएको छ । विद्यार्थीहरुले आमरण अनशनसम्मको आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार पाँच बुँदे सहमति गरेका छन् ।
जसमा इन्जिनियरिङ शिक्षामा भएको शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।
हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।
सहमतिपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता गर्ने हुने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।
शुल्क फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए ।
इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।
सहमति पत्र
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया