कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सर्यो, कुन दिन के को परीक्षा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सारेको छ । यसअघि असोज ६ र ७ गते तोकिएको ग्रेड वृद्धि परीक्षालाई बोर्डले असोज ९ र १० गतेका लागि सारेको हो ।
बोर्डले विशेष कारणवस परीक्षा मिति सार्नुपर्ने बताएको छ । बोर्डले साउन ३० गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । २ वटा विषयमा नन ग्रेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि अर्थात पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको थियो । उसो त त्यही दिन नै असोज ६ र ७ गते पूरक परीक्षा गर्ने घोषणा समेत गरेको थियो ।
अब असोज ६ गते भनिएको परीक्षा ९ गते र ७ गते तोकिएको परीक्षा १० गते लिइने भएको हो । ९ गते अनिवार्य अंग्रेजी, एउटा विषयमा मात्र परीक्षा दिने विद्यार्थीहरुको सबै विषय, दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयहरुको सानो कोड नम्बर भएको तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागि हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
यसैगरी १० गते हुने परीक्षा भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्ने बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।
ग्रेडवृद्धि परीक्षामा सहभागि हुन चाहने विद्यार्थीले भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क प्रति विद्यार्थी ६ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीहरुका लागि भदौ २९ गतेसम्म बिलम्ब शुल्कसहितको रकम १ हजार २ सय रुपैयाँ बुझाई सम्बन्धित विद्यालयले भदौ ३१ गतेसम्म रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बोर्डको कार्यलयमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।
ताजा अपडेट
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
- बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
- कहिले आउला एसईईको नतिजा ? यस्तो छ बोर्डको तयारी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
तपाईको प्रतिक्रिया