कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सर्यो, कुन दिन के को परीक्षा ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सारेको छ । यसअघि असोज ६ र ७ गते तोकिएको ग्रेड वृद्धि परीक्षालाई बोर्डले असोज ९ र १० गतेका लागि सारेको हो ।
बोर्डले विशेष कारणवस परीक्षा मिति सार्नुपर्ने बताएको छ । बोर्डले साउन ३० गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । २ वटा विषयमा नन ग्रेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि अर्थात पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको थियो । उसो त त्यही दिन नै असोज ६ र ७ गते पूरक परीक्षा गर्ने घोषणा समेत गरेको थियो ।
अब असोज ६ गते भनिएको परीक्षा ९ गते र ७ गते तोकिएको परीक्षा १० गते लिइने भएको हो । ९ गते अनिवार्य अंग्रेजी, एउटा विषयमा मात्र परीक्षा दिने विद्यार्थीहरुको सबै विषय, दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयहरुको सानो कोड नम्बर भएको तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागि हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
यसैगरी १० गते हुने परीक्षा भने दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनुपर्ने बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।
ग्रेडवृद्धि परीक्षामा सहभागि हुन चाहने विद्यार्थीले भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क प्रति विद्यार्थी ६ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीहरुका लागि भदौ २९ गतेसम्म बिलम्ब शुल्कसहितको रकम १ हजार २ सय रुपैयाँ बुझाई सम्बन्धित विद्यालयले भदौ ३१ गतेसम्म रकम जम्मा गरेको भौचरसहित आवेदन फारम बोर्डको कार्यलयमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया