समाचार
किड्जीले गर्यो जोयफुल प्यारेन्टीङका बारेमा प्यानल छलफल
काठमाडौं—एशियाकै व्यापक प्री स्कुल चेन किड्जीले जोयफुल प्यारेन्टीङ इन मोर्डन टाइम्स विषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ । २३ भदौंमा काठमाडौंको होटल रोयल सिङ्गीमा बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक गराउने उदेश्यका साथ यो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई प्रारम्भिक इन्टरभेसनको महत्वको बारेमा पनि छलफल भएको थियो ।
कार्यक्रमका मुख्य वक्ताहरु बाल रोग विशेषज्ञ डा. मञ्जु श्रेष्ठ, बाल फिजियोथेरापिष्ट शमेद कतिला श्रेष्ठ, औपचारिक विद्यालय प्रिन्सिपल कविता अर्याल, सामाजिक अभियन्ता सुनिता चौहान, किड्जीकी शैक्षिक प्रबन्धक नेहा अवस्थीले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई जागरुक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।
किड्जीले हालसम्म २ हजारभन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ । अहिलेसम्म एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिइसकेको छ ।
किड्जी नेपालका ५ ठूला सहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघि बढिरहेको छ । प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्षभन्दा बढीको विरासतका अनुभवका साथ किड्जी, ह्वाट इन राइट फर द चाइल्डको सिद्धान्तद्वारा निर्देशित छ । साथै, यो बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया