को हुन् आन्दोलनबाट भाइरल बनेका यी शिक्षक ?

काठमाडौं । यतिबेला काठमाडौंमा शिक्षकहरुको आन्दोलन चर्किरहेको छ । विद्यालय शिक्षाका विभिन्न प्रावधानमाथि असन्तुष्टि जनाउँदै शुरु भएको शिक्षकहरुको आन्दोलन आज तेस्रो दिन पनि जारी छ ।
यही आन्दोलनमा शिक्षकहरुका विभिन्न गतिविधिले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन् । कोही शिक्षकले गीत गाइरहेको, कोही जिन्दावाद, मुर्दावाद, कोही भाषण, कोही सेल्फी खिचिरहेको अवस्थामा भेटिन्थे ।
यहीबिचमा विभिन्न पेसाको नाम लिएर गीत भट्याएका एकजना शिक्षक यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । उनी हुन् नवलपरासीस्थित देवचुली नगरपालिकाका शिक्षक होमनाथ न्यौपाने । उनी माध्यमिक तहमा गणित विषय अध्यापन गराउँछन् ।
न्यौपानेको विगतलाई फर्केर हेर्ने हो भने उनले निजामति सेवा खरिदार पदमा झण्डै ६ वर्ष काम गरेका थिए । खरिदारको जागिरबाट राजिनामा दिएर उनी शिक्षण पेसामा आएका थिए ।
न्यौपानेले गणितमा स्नातकोत्तर गरेका छन् । उनले एमएसी गणितमा डिस्टिङ्सन नतिजा हात पारेका थिए । शिक्षण सिकाइका साथै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएर अध्यापन गराउने उनै न्यौपाने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
न्यौपानेकी पत्नी पनि स्थायी शिक्षिका हुन् । उनको एक छोरी छिन् ।
ताजा अपडेट
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
- बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
- कहिले आउला एसईईको नतिजा ? यस्तो छ बोर्डको तयारी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
तपाईको प्रतिक्रिया