को हुन् आन्दोलनबाट भाइरल बनेका यी शिक्षक ?
काठमाडौं । यतिबेला काठमाडौंमा शिक्षकहरुको आन्दोलन चर्किरहेको छ । विद्यालय शिक्षाका विभिन्न प्रावधानमाथि असन्तुष्टि जनाउँदै शुरु भएको शिक्षकहरुको आन्दोलन आज तेस्रो दिन पनि जारी छ ।
यही आन्दोलनमा शिक्षकहरुका विभिन्न गतिविधिले यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन् । कोही शिक्षकले गीत गाइरहेको, कोही जिन्दावाद, मुर्दावाद, कोही भाषण, कोही सेल्फी खिचिरहेको अवस्थामा भेटिन्थे ।
यहीबिचमा विभिन्न पेसाको नाम लिएर गीत भट्याएका एकजना शिक्षक यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । उनी हुन् नवलपरासीस्थित देवचुली नगरपालिकाका शिक्षक होमनाथ न्यौपाने । उनी माध्यमिक तहमा गणित विषय अध्यापन गराउँछन् ।
न्यौपानेको विगतलाई फर्केर हेर्ने हो भने उनले निजामति सेवा खरिदार पदमा झण्डै ६ वर्ष काम गरेका थिए । खरिदारको जागिरबाट राजिनामा दिएर उनी शिक्षण पेसामा आएका थिए ।
न्यौपानेले गणितमा स्नातकोत्तर गरेका छन् । उनले एमएसी गणितमा डिस्टिङ्सन नतिजा हात पारेका थिए । शिक्षण सिकाइका साथै अतिरिक्त क्रियाकलापमा समेत जोड दिएर अध्यापन गराउने उनै न्यौपाने यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
न्यौपानेकी पत्नी पनि स्थायी शिक्षिका हुन् । उनको एक छोरी छिन् ।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया