Techie IT
  • शनिबार, जेठ ५, २०८१ / Sunday, May 19, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारविद्यालय शिक्षा विधेयक २०८० संसदमा पेश

विद्यालय शिक्षा विधेयक २०८० संसदमा पेश


काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० संसदमा पेश भएको छ ।
शिक्षामन्त्री अशोक कुमार राईले, आजको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विधेयक सदन समक्ष पेस गरेका हुन् ।

त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

आइतबार प्रतिनीधि सभामा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री राईले शिक्षकर्लाइ राजनीतिबाट टाढा राख्नु पर्ने बताए ।

‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ । मानिसको व्यक्तिगत आस्था आ–आफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्न हुँदैन् । कसैको सदस्यता लिएर कसैको विरुद्धमा कसैको लागि भोट माग्ने काम गर्न हुँदैन् । ’
उनले यो विद्ययेकमा धेरै कुरा समेटएिको र सरकारले यो विधेयकमा ध्यान दिएको बताए ।



तपाईको प्रतिक्रिया