बर्तौलाको प्रश्न : सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन नगर्ने दाउपेच गर्दै त छैन ?
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन नगर्ने दाउपेच त गर्दै छैन भन्ने प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक सम्बन्धि सैदान्तिक छलफलमा आफ्नो धारणा राख्ने क्रममा सचेतक बर्तौलाले उक्त प्रश्न गरेका हुन् ।
सरकारले शिक्षकसँग पटक पटक सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने रोग पुरानैदेखि भएकाले अहिले पनि आलटाल गर्ने होकि भन्ने संशय उत्पन्न भएको उनले बताए ।
साथै, शिक्षा मन्त्रीले पनि शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्ने कुरा संसदमा उभिएर भन्ने आँट गर्न नसकेको उनको भनाइ छ । ‘माननीय मन्त्रीले शिक्षकसँगको सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्ने आँट गर्न सक्नुभएन,’ उनले भने, ‘यसले शिक्षक महासंघसँग सरकारले गरेको सहमतिप्रति सरकार जिम्मेवार छैन भन्ने देखाउँछ ।’
त्यसैले सरकारले शिक्षकसँग गरेका सहमति कार्यान्वयन गर्न मन्त्रीको ध्यानाकर्षण समेत गराए । ‘शिक्षकका समग्र समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यसबारेमा विधेयकले स्पष्ट समेटेको देखिँदैन,’ उनले भने ।
ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया