Techie IT
  • शुक्रबार, असार २७, २०८२ / Friday, July 11, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारजाजरकोट भूकम्प : ११ विद्यार्थी र तीन शिक्षकको मृत्यु, १४ वटा विद्यालय पूर्ण क्षति

जाजरकोट भूकम्प : ११ विद्यार्थी र तीन शिक्षकको मृत्यु, १४ वटा विद्यालय पूर्ण क्षति


जाजरकोटकाे भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ ।  ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौवटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौवटा आईसीटी ल्याब, दुईवटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएकोे छ ।

त्यसैगरी तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै ११ विद्यार्थीको मृत्यु भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको