किन अझै रिहा भएनन् विपिन जोशी ?

काठमाडाैं । गत अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणका बेला बन्दी बनाइएका नेपालका विपिन जोशी अझै रिहा हुन सकेका छैनन् ।
दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत जोशीलाई हमासले सोही दिन नै पक्राउ गरी बन्धक बनाएको थियो ।
हमास समूहले नेपालसहित धेरै देशका विदेशी नागरिकहरुलाई बन्धक बनाएर राखेको तथ्यहरु बाहिरिएका थिए । हाल हमास समूहको बन्दीमा रहेका अन्य देशका नागरिकहरु रिहा हुन थाले पनि विपिन भने अझै रिहा हुन सकेका छैनन् ।
कतारको समन्वयमा इजरायल र हमास समूहबीच चार दिने अस्थायी युद्धविरामसँगै बन्दी बनाइएकाहरुको रिहा गर्ने सहमति समेत भएको थियो । सोही सहमति अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहा गर्दै आइरहेको छ ।
हालसम्म हमासले बन्धक बनाएकामध्ये ४१ जनालाई रिहा गरिसकेको छ । शुक्रबार पहिलोपटक हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । त्यससँगै नेपालका विपिन जोशी पनि रिहा हुने आशा गरिएको थियो ।
पहिलोपटकमा रिहा हुन नसकेपछि दोस्रो पटकमा रिहा हुने अपेक्षा गरिएकोमा दोस्रो पटक पनि उनी रिहा नभएपछि परिवारमा थप चिन्ता थपिएको छ । त्यसो त शनिबार दोस्रो पटक हमासले १७ जनालाई रिहा गरिसकेको छ भने बन्धक रहेका अन्यलाई समेत रिहा गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
पक्राउ गरेका अन्य व्यक्तिहरुलाई रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन् । विपिनको रिहाइ हुन नसक्नुमा नेपालको कुटनीति कमजोर देखिएको भनेर सरकारको आलोचना समेत भइरहेको छ ।
विपिनको रिहाइका लागि पहल गरिरहेको भनिए पनि इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरूलाई जानकारी नहुने बताउँदै आइरहेको छ ।
इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले विपिनको रिहाइका लागि पहल भइरहे पनि कहिले रिहाइ हुन्छ भन्ने जानकारी नभएको बताएकी छिन् । रिहाइ हुने केही समय अघि मात्रै त्यसको जानकारी हुने बताइन् ।
यता नेपालले भने विपिनको रिहाइको लागि विभिन्न देशसँग पहलका लागि आग्रह गरिरहेको छ ।
दुई दिने नेपाल भ्रमणमा रहेका बेला कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो । भने नेपालले इजरायलसँग समेत विपिनको रिहाइका लागि पटकपटक आग्रह गर्दै आइरहेको छ ।
हमास समूहको बन्धक रहेका मध्ये १८ वर्ष मुनीका बालबालिका, वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ ।
हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी) का प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन् भने आईसीआरसीका प्रतिनिधिमार्फत् सम्बन्धित देशमा पठाउने काम भइरहेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्ययमा बताइए अनुसार इजरायलले एक जनाको सट्टामा तीन जना प्यालेस्टिनीलाई रिहा गर्दै छ ।
हमासको आक्रमणमा परि दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । सबै मृतक र घाइतेहरुलाई नेपाल ल्याइसकिएको छ ।
युद्दका कारण इजरायस्थित नेपाली राजदूतावासले समन्वय गरी नेपालीहरुलाई नेपाल फर्काइरहेको छ । गत असोज २६ गते नेपाल बायु सेवा निगमको जहाजमार्फत् २५४ जना र असोज ३० गते भारतीय दूतावासको समन्वयमा १८ जना नेपाली स्वदेश फर्किएका थिए भने दूतावासको समन्वयमा नेपाल फर्किन चाहने नेपालीहरुलाई नेपाल फर्काउने काम भइरहेको छ ।
पछिल्ला वर्षहरुमा इजरायल नेपालीका लागि रोजगारीसँगै अध्ययनका लागि समेत मुख्य गन्तव्य बन्दै आइरहेको छ । जसअनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि विद्यार्थीहरु त्यहाँ गएका थिए ।
परराष्ट्रमन्त्री एनपी साउदले संसदमा गराएको जानकारी अनुसार हाल इजरायलमा ४ हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको छन् भने दुई सय ६५ जना विद्यार्थी छन् ।
विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया