इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा चावहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले प्रथम,द्वितीय र तृतीय स्थान हात पार्दै इतिहास रचेको छ । नेत्रहिन युवा संघ,नेपालद्वारा नयाँ बानेश्वर इन्द्रणी स्वीट्सको रानीहलमा आयोजित भव्य कार्यक्रमबीच राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशैभरिबाट माध्यमिक तहदेखि स्नातकसम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो ।

प्रतिनिधी सभा सदस्य मानानीय विद्या भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको शीर्षक “बृहत यौनिकता शिक्षा÷यौन तथा प्रजनन् स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच” रहेको थियो ।
प्रथम चरणको छनौट यसअघि मंसीर १३ गतेसम्म तय गरिएको थियो । देशैभरिबाट प्रतियोगीहरुले माथि उल्लेखित शीर्षकमा ३ मिनेटको भिडियो ह्वाट्सएप, भाइबर र इमेलमार्फत पठाएका थिए । प्राप्त सयौं भिडियोहरुलाई निर्णायक मण्डलले सुक्ष्म मूल्यांकनमार्फत अन्तिम २० प्रतिस्पर्धीको छनौट गरिएको हो ।

प्रथम चरणको छनौटबाट अन्तिममा २० प्रतिस्पर्धीहरुको घमासान र रोचक प्रस्तुतिपूर्ण वाक्युद्धबाट विजेताहरुको टुङ्गो लागेको हो । सो प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडमी कक्षा १२ मा अध्ययन गर्ने छात्रा दिपिका ढुङ्गानाले प्रथम स्थान हासिल गरेकी छिन् भने सोही एकेडेमीकी कक्षा ११ मा अध्ययनरत दुई विद्यार्र्थी क्रमश : संगम कार्की र कृति पोखरेलले द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहलाई क्रमश : रु. १० हजार रु. सात हजार र रु. पाँच हजार नगदद्वारा पुरस्कृत गरिएको छ । साथै विजेता विद्यार्थीहलाई ट्रफी,प्रमाण पत्र र मेडल समेत पदान गरिएको छ ।

उक्त प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीको बर्चस्व रहनुमा विद्यार्थीको मिहिनेत तथा कलेजले अतिरिक्त क्रियाकलापलाई दिएको विषेश महत्वको उपज भएको रिलयन्स कलेजका प्राचार्य रविन्द्रजङ्ग थापाले बताए । उनले अबको शिक्षा किताबमा मात्र सिमित नभएर क्रियाकलापमा आधारित शिक्षा प्रदान गरिनुपर्ने बताए । विद्यार्थीको चौतर्फी विकासले मात्र समय सापेक्ष अनुरुपको जनशक्ति निर्माणमा अघि बढ्न रिलायन्स सदैव तयार रहेको उनको भनाई छ ।
सो प्रतियोगितामा निर्णायकको भूमिकामा मिस नेपाल वल्र्ड—२०२० नम्रता श्रेष्ठ,यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ अनुप अधिकारी र अपाङ्गता अधिकार विज्ञ कलाधर भण्डारी रहेका थिए ।
रिलायन्सले इसिए/सिसिए समिति नै खडा गरेर विगत पाँच वर्षदेखि विशेष पहल कदमीका साथ अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको कलेजका इसिए/सिसिए समिति संयोजक गोविन्द ढकालले बताए । ‘हामीले वार्षिक कार्यतालिका नै बनाएर अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेका छौँ,’ संयोजक ढकालले भने ।

ताजा अपडेट
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
- प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
- दाङमा शैक्षिक तथा प्रविधिक हब निर्माण प्रक्रिया अगाडि बढ्यो, घोराहीमै कम्प्युटर इन्जिनियरिङ सुरु गरिने
- गण्डकीमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन : सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया