इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा चावहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजले प्रथम,द्वितीय र तृतीय स्थान हात पार्दै इतिहास रचेको छ । नेत्रहिन युवा संघ,नेपालद्वारा नयाँ बानेश्वर इन्द्रणी स्वीट्सको रानीहलमा आयोजित भव्य कार्यक्रमबीच राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशैभरिबाट माध्यमिक तहदेखि स्नातकसम्म अध्ययनरत विद्यार्थीहरुको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो ।
प्रतिनिधी सभा सदस्य मानानीय विद्या भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको शीर्षक “बृहत यौनिकता शिक्षा÷यौन तथा प्रजनन् स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच” रहेको थियो ।
प्रथम चरणको छनौट यसअघि मंसीर १३ गतेसम्म तय गरिएको थियो । देशैभरिबाट प्रतियोगीहरुले माथि उल्लेखित शीर्षकमा ३ मिनेटको भिडियो ह्वाट्सएप, भाइबर र इमेलमार्फत पठाएका थिए । प्राप्त सयौं भिडियोहरुलाई निर्णायक मण्डलले सुक्ष्म मूल्यांकनमार्फत अन्तिम २० प्रतिस्पर्धीको छनौट गरिएको हो ।
प्रथम चरणको छनौटबाट अन्तिममा २० प्रतिस्पर्धीहरुको घमासान र रोचक प्रस्तुतिपूर्ण वाक्युद्धबाट विजेताहरुको टुङ्गो लागेको हो । सो प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडमी कक्षा १२ मा अध्ययन गर्ने छात्रा दिपिका ढुङ्गानाले प्रथम स्थान हासिल गरेकी छिन् भने सोही एकेडेमीकी कक्षा ११ मा अध्ययनरत दुई विद्यार्र्थी क्रमश : संगम कार्की र कृति पोखरेलले द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहलाई क्रमश : रु. १० हजार रु. सात हजार र रु. पाँच हजार नगदद्वारा पुरस्कृत गरिएको छ । साथै विजेता विद्यार्थीहलाई ट्रफी,प्रमाण पत्र र मेडल समेत पदान गरिएको छ ।
उक्त प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीको बर्चस्व रहनुमा विद्यार्थीको मिहिनेत तथा कलेजले अतिरिक्त क्रियाकलापलाई दिएको विषेश महत्वको उपज भएको रिलयन्स कलेजका प्राचार्य रविन्द्रजङ्ग थापाले बताए । उनले अबको शिक्षा किताबमा मात्र सिमित नभएर क्रियाकलापमा आधारित शिक्षा प्रदान गरिनुपर्ने बताए । विद्यार्थीको चौतर्फी विकासले मात्र समय सापेक्ष अनुरुपको जनशक्ति निर्माणमा अघि बढ्न रिलायन्स सदैव तयार रहेको उनको भनाई छ ।
सो प्रतियोगितामा निर्णायकको भूमिकामा मिस नेपाल वल्र्ड—२०२० नम्रता श्रेष्ठ,यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ अनुप अधिकारी र अपाङ्गता अधिकार विज्ञ कलाधर भण्डारी रहेका थिए ।
रिलायन्सले इसिए/सिसिए समिति नै खडा गरेर विगत पाँच वर्षदेखि विशेष पहल कदमीका साथ अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको कलेजका इसिए/सिसिए समिति संयोजक गोविन्द ढकालले बताए । ‘हामीले वार्षिक कार्यतालिका नै बनाएर अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेका छौँ,’ संयोजक ढकालले भने ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया