Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजमनास्लु वर्ल्ड कलेजको विद्यार्थी स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न, ५ जना सम्मानित

मनास्लु वर्ल्ड कलेजको विद्यार्थी स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न, ५ जना सम्मानित


काठमाडौं । चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बीच कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

हरेक कार्यक्रमलाई फरक ढंगबाट सञ्चालन गर्दै आएको मनास्लुले विद्यार्थी स्वागत तथा अभिनन्दन कार्यक्रममा पनि नयाँपन झल्कन्थ्यो । मनास्लु सिङ्गिङ आइडल २०८०, मिस्टर एण्ड मिस मनास्लु २०८०, मनास्लु डान्सिङ स्टारलगायतका प्रतियोगिताले कार्यक्रमलाई थप रोमाञ्चक बनाउन सहयोग गरेको थियो । उक्त प्रतियोगिताअन्तर्गत सिङ्गिङ आइडलको उपाधि अरुण लामाले हात पारेका छन् । त्यस्तै, डान्सिङ स्टारको उपाधि सुस्मिता सनारले हात पारेकी छन् ।

यसैगरी, मिस्टर एण्ड मिस मनास्लु २०८० अन्तर्गत मिस मनास्लुको उपाधि सेरेन लामा वाइवाले हात पार्दा मिस्टर मनास्लुको उपाधि दावा छिरिङ भोटेले जितेका छन् ।

यसैगरी प्रतिस्पर्धीलाई विभिन्न सब टाइटलमा पनि प्रतिस्पर्धा गराइएको थियो । जसअन्तर्गत मिस पर्सनालिटी अवार्ड स्मृति तामाङ र मिस्टर पर्सनालिटीको उपाधि किशोर रोकाले जितेका छन् । त्यस्तै, मिस क्याट वाकको उपाधि सुप्रदा राई र वेष्ट वाकको उपाधि सुजन गिरीले हात पारेका छन् । यसैगरी, मिस फोटो जेनिक अवार्ड मिनु तामाङ र मिस्टर फोटो जेनिकको उपाधि मनोज विश्वकर्माले जितेका छन् । त्यस्तै, वेष्ट स्माइलको उपाधि जेशिका राज्यलक्ष्मी ठकुरी र पुरुषतर्फ प्रकाश डंगोलले हात पारेका छन् । यसैगरी, मिस फ्रेण्ड्लीको उपाधि समिक्षा अधिकारी मिस्र्टर फ्रेण्ड्ली अवार्ड दिपेशप्रसाद कुशुवाहले हात पारेका छन् ।

मिस पपुलर सेरेन लामा वाइवा, मिस्टर पपुलरको उपाधि दावा छिरिङ भोटेले हात पारेका छन् । त्यस्तै, मिस ट्यालेन्टको उपाधि शशिकला तामाङ, मिस्टर ट्यालेन्टको उपाधि शक्ति देवालीले हात पारेका छन् । त्यस्तै, मिस डिसिप्लिनको उपाधि आङ डोल्मा शेर्पा र मिस्टर डिसिप्लिन नवराज तामाङले हात पारेका छन् । त्यस्तै, मिस मल्टिमिडियाको उपाधि शशिकला तामाङ र मिस्टर मल्टिमिडियाको उपाधि दिपेशप्रसाद कुशुवाहले जितेका छन् ।

मनास्लु सिङ्गिङ आइडलको निर्णायकका रुपमा गायिका कुन्ती मोक्तान र शुवानी मोक्तान रहेका थिए । त्यस्तै, मिस्टर एण्ड मनास्लु २०८० को निर्णायक मण्डलका रुपमा सगुन पाण्डे, लभिन अन्सारी, ममता सापकोटा , अविविन खनियाँ, पुर्णिमा कार्की रहेका थिए । त्यस्तै, मनास्लु डान्सिङ स्टारलाई कोरियोग्राफर महेश गोदार, मोडल एवम् कोरियोग्राफर गजित विष्टले मूल्यांकन गरेका थिए ।

यी सबै प्रतियोगिताका फाइनालिष्टहरु अडिसनमार्फत छनोट भएको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए । ‘हामीले सबै प्रतिस्पर्धीलाई अडिसनमार्फत नै प्रतिस्पर्धा गराएर फाइनल राउण्डसम्म ल्याएका हौँ,’ उनले भने, ‘यी तीनवटै प्रतियोगितामा सहभागि विद्यार्थीहरुले भविष्यमा आ–आफ्नो क्षेत्रमा बेग्लै पहिचान बनाउनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’

औपचारिक कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा विद्यार्थीलाई कक्षा १२ मा अध्ययरत छात्रा ज्योति पुनले मन्तव्यमार्फत स्वागत गरेकी थिइन् । उनले कक्षा ११ का विद्यार्थीलाई लक्षित गर्दै आफूलाई पनि एसईई उत्तिर्ण भएपछि के पढ्ने कहाँ पढ्ने भन्ने कुरा सताइरहेको बेला मनास्लुजस्तो कलेज फेला परेर ठूलो सहयोग पुगेको बताइन् । ‘कक्षा ११ मा मनास्लुमा भर्ना भएर एकदमै सही निर्णय गरेछु भन्ने अहिले आएर लाग्न थालेको छ,’ उनले भनिन्, ‘मनास्लुमा आएर पढाइमात्र नभएर अतिरिक्त क्रियाकलपामार्फत आफ्ना प्रतिभासमेत पहिचान र प्रस्फुटन गर्न पाएकी छु ।’

यहीक्रममा कलेजका प्रिन्सिपल श्रेष्ठले मनास्लुले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई समेत जोड दिएर अघि बढिरहेको बताए । ‘अबको विद्यार्थी पढाइमा मात्र भएर पुग्दैन भन्ने कुरालाई मध्यनजर गर्दै अतिरिक्त क्रियाकलापलाई समेत विशेष जोड दिँदै आएका छौँ,’ कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘आज कार्यक्रममा प्रस्तुत भएका विद्यार्थीका प्रतिभाले नै त्यसलाई पुष्टि गर्छ भन्ने मैले विश्वास लिएको छु ।’

विभिन्न विधामा पाँच जना सम्मानित

मनास्लुले सामाजिक रुपमा प्रतिष्ठित ५ जनालाई सम्मानसमेत गरेको छ । जसमा मनास्लु शैक्षिकसेवा सम्मानबाट राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेश पमुख एवम् साहित्यकार जयन्ती सत्याल अधिकारी ‘स्पन्दन’ सम्मानित भएकी छन् । त्यस्तै, मनास्लु समाजसेवी सम्मानबाट लायन्स क्लव इन्टरनेशनल नेपालका निर्देशक बालकृष्ण बुर्लाकोटी, मनास्लु सञ्चारकर्मी सम्मानबाट जगदीश खरेल सम्मानित भएका छन् । त्यस्तै, मनास्लु खेलाडी सम्मान यरिका गुरुङ र मनास्लु संगीतकर्मी सम्मानबाट कुन्ती मोक्तान सम्मानित भएका छन् ।

मनास्लु सञ्चारकर्मी सम्मानबाट सम्मानित भएका जगदीश खरेलले कलेजले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । साथै, मनास्लुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनले विद्यार्थीमाझ उत्प्रेरणामूलक भनाई प्रस्तुत गरेका थिए ।

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी अध्यक्ष जयन्ती सत्यालले आफूलाई प्रेरणापुञ्जको रुपमा कलेजले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरिन् । ‘यो प्रेरणापुञ्ज मलाई भारी नपरोस्,’ उनले भनिन्, ‘यसले मलाई असल व्यवहार र कर्ममा लाग्न प्रेरणा भरिरहोस् भन्ने कामना गर्दछु ।’

यसैगरी, कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विद्यार्थीलाई उदाउँदै गरेको सुर्यसँग तुलना गर्दै भने, ‘अब तपाईंहरुले नै यो देशमा प्रकाश छर्नुछ, न्यानो दिनुछ । वास्तवमा तपाईंहरु यो देशको कालिगढ हो ।’

कार्यक्रमका सभापति एवम् मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा आयोजना हुने कार्यक्रममा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा कलेजका फाइनान्स डिरेक्टर कुमार मोक्तान, स्कुल एकेडेमिक डिरेक्टर शशिकला खड्का, बोर्ड सदस्य राजकुमार लामिछाने, कृष्ण श्रेष्ठ, सहदेव तिमल्सिना, जयराज श्रेष्ठ, सोभित केसी, सुनिल परियार, एकेडेमिक डिरेक्टर शशी केसी कलेजका सहायक प्रधानाध्यापक गोपाल श्रेष्ठ, कोअर्डिनेटर कृष्ण आले, सन्तोष लामिछाने लगायतको सहभागिता रहेको थियो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको