समाचार
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भइसकेको छैन : प्रधानमन्त्री

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।
‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन,’ भेटघाटका क्रममा सोधिएको जिज्ञाशामा उनले भने ।
पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे। आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए । ‘लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने ।
सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री दाहालले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगत्बाट सहयोगको अपेक्षा गरिएको बताए। भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया