‘खेल्दै पढ्दै’ सिक्छन् न्यू हाेराइजनका विद्यार्थी
चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’(एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो ।
‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरले बताए । यस सिकाइ पद्धतिलाई स्कुलेले वर्षभरि नै नियमित क्रियाकलापका रूपमा अघि बढाउने उनले जानकारी दिए ।
टाक्स नेपालका प्रमुख अर्जुन भट्टले विद्यार्थीहरु परम्परागत शैलीमा पढाउँदा खुसी नभएको पाएपछि रमाइलो तरिकाले पढाउने अवधारणा ल्याइएको बताए । कक्षामा विद्यार्थीलाई शारीरिक रूपमा निष्क्रिय बनाइ मानसिक रूपमा मात्र सक्रिय बनाउन खोज्नु अवैज्ञानिक सिकाइ हुने भन्दै उनले सुगा रटाइले विद्यार्थीले सिक्न नसक्ने बताए । विद्यार्थीमा उत्प्रेरणा जगाउनका लागि विद्यालयमा खेल्दै सिक्दै अवधारणा ल्याइएको प्रमुख भट्टले जानकारी दिए । विद्यालय बिदा हुँदा बालबालिका खुसी हुने तर स्कुलमा खुसी नहुने अवस्थाको अन्त्य यो शिक्षण विधिबाट मात्रै सम्भव रहेको उनको भनाइ छ ।
प्रमुख भट्टले बालबालिकालाई खेलसँग जोडेर पठनपाठन गराउँदा उनीहरु शारीरिक र मानसिक दुवै रूपमा बालबालिका सक्रिय हुने गरेको बताए । नर्सरीदेखि कक्षा १२ सम्म यो विधिमा अध्यापन सुरु गरिएको छ ।
विद्यालयले आन्तरिक मूल्याङ्कन यही क्रियाकलापबाट हुने भन्दै यसले परीक्षामा पनि विद्यार्थी अब्बल देखिएको जनाइएको छ ।
स्कुलका शिक्षक शिशिर तिमिल्सिनाले अतिरिक्त गतिविधिमा आधारित सिकाइ वास्तविक सिकाइ भएकाले यसमा विद्यार्थीको उत्साहजनक र सक्रिय सहभागिता रहेको बताए । उनका अनुसार अभिभावकले पनि यस सिकाइ पद्धति प्रभावकारी देखिएको बताएका छन् ।
न्यू होराइजनमा विद्यार्थीलाई सिकाउने तरिका राम्रो लागेको अभिभावक भेषराज काफ्लेले बताए । “पहिलाजस्तो बोलेर मात्रै सिकाउनु भन्दा देखाएर सिकाउँदा बच्चाहरुले छिटो सिकेको पाएँ । यो तरिकाले पढाउँदा अलि कमजोर बच्चाले पनि राम्रोसँग बुझ्छ”, उनले भने । हरेक विद्यायलले यसरी नै अध्ययन अध्यापन गराउनुपर्ने काफ्लेको भनाइ छ । उनले विद्यालयले यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिए ।
खेल्दै पढ्दै गर्ने शैलीले आफूहरु खुसी भएको विद्यार्थी प्रकृति कडरिया बताउँछन् । “देखेर भोगेर जानेका कुराहरु धेरै पछिसम्म सम्झन सकिन्छ । सिक्ने कुरामा आफूमा पनि धेरै परिवर्तन आएको पाएकी छु”, उनले भने ।
ताजा अपडेट
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया