‘खेल्दै पढ्दै’ सिक्छन् न्यू हाेराइजनका विद्यार्थी

चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’(एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो ।
‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरले बताए । यस सिकाइ पद्धतिलाई स्कुलेले वर्षभरि नै नियमित क्रियाकलापका रूपमा अघि बढाउने उनले जानकारी दिए ।
टाक्स नेपालका प्रमुख अर्जुन भट्टले विद्यार्थीहरु परम्परागत शैलीमा पढाउँदा खुसी नभएको पाएपछि रमाइलो तरिकाले पढाउने अवधारणा ल्याइएको बताए । कक्षामा विद्यार्थीलाई शारीरिक रूपमा निष्क्रिय बनाइ मानसिक रूपमा मात्र सक्रिय बनाउन खोज्नु अवैज्ञानिक सिकाइ हुने भन्दै उनले सुगा रटाइले विद्यार्थीले सिक्न नसक्ने बताए । विद्यार्थीमा उत्प्रेरणा जगाउनका लागि विद्यालयमा खेल्दै सिक्दै अवधारणा ल्याइएको प्रमुख भट्टले जानकारी दिए । विद्यालय बिदा हुँदा बालबालिका खुसी हुने तर स्कुलमा खुसी नहुने अवस्थाको अन्त्य यो शिक्षण विधिबाट मात्रै सम्भव रहेको उनको भनाइ छ ।
प्रमुख भट्टले बालबालिकालाई खेलसँग जोडेर पठनपाठन गराउँदा उनीहरु शारीरिक र मानसिक दुवै रूपमा बालबालिका सक्रिय हुने गरेको बताए । नर्सरीदेखि कक्षा १२ सम्म यो विधिमा अध्यापन सुरु गरिएको छ ।
विद्यालयले आन्तरिक मूल्याङ्कन यही क्रियाकलापबाट हुने भन्दै यसले परीक्षामा पनि विद्यार्थी अब्बल देखिएको जनाइएको छ ।
स्कुलका शिक्षक शिशिर तिमिल्सिनाले अतिरिक्त गतिविधिमा आधारित सिकाइ वास्तविक सिकाइ भएकाले यसमा विद्यार्थीको उत्साहजनक र सक्रिय सहभागिता रहेको बताए । उनका अनुसार अभिभावकले पनि यस सिकाइ पद्धति प्रभावकारी देखिएको बताएका छन् ।
न्यू होराइजनमा विद्यार्थीलाई सिकाउने तरिका राम्रो लागेको अभिभावक भेषराज काफ्लेले बताए । “पहिलाजस्तो बोलेर मात्रै सिकाउनु भन्दा देखाएर सिकाउँदा बच्चाहरुले छिटो सिकेको पाएँ । यो तरिकाले पढाउँदा अलि कमजोर बच्चाले पनि राम्रोसँग बुझ्छ”, उनले भने । हरेक विद्यायलले यसरी नै अध्ययन अध्यापन गराउनुपर्ने काफ्लेको भनाइ छ । उनले विद्यालयले यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिए ।
खेल्दै पढ्दै गर्ने शैलीले आफूहरु खुसी भएको विद्यार्थी प्रकृति कडरिया बताउँछन् । “देखेर भोगेर जानेका कुराहरु धेरै पछिसम्म सम्झन सकिन्छ । सिक्ने कुरामा आफूमा पनि धेरै परिवर्तन आएको पाएकी छु”, उनले भने ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया