Techie IT
  • आईतबार, असोज ११, २०८३ / Monday, September 28, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ मधेशको नयाँ शिक्षामन्त्री राजकुमार लेखी नियुक्त

समाचार

मधेशको नयाँ शिक्षामन्त्री राजकुमार लेखी नियुक्त


जनकपुर—मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी नियुक्त भएका छन् । शुक्रबार मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् गठन गदैं लेखीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भएलगतै सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा शिक्षामन्त्रीमा लेखीसहित एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधन सिंह र खेलकूद तथा समाजकल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।

माओवादीबाट अर्थमन्त्री भरत साह, उधोग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई, नेकपा एसबाट भूमी व्यवस्था तथा कृषि मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उर्जा तथा सिचाइमन्त्रीमा बेची लुंगेली नेपाल समाजवादी पार्टीबाट गृह, संचार तथा कानुनमन्त्रीमा विमला अन्सारी तरुनम बनेका छन् भने  नागरिक उन्मुक्ति पार्टीबाट श्रम तथा यातायातमन्त्री उर्मिलादेवी सिंह बनेकी छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको