समाचार
मधेशको नयाँ शिक्षामन्त्री राजकुमार लेखी नियुक्त
जनकपुर—मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी नियुक्त भएका छन् । शुक्रबार मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् गठन गदैं लेखीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएलगतै सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा शिक्षामन्त्रीमा लेखीसहित एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधन सिंह र खेलकूद तथा समाजकल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।
माओवादीबाट अर्थमन्त्री भरत साह, उधोग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई, नेकपा एसबाट भूमी व्यवस्था तथा कृषि मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उर्जा तथा सिचाइमन्त्रीमा बेची लुंगेली नेपाल समाजवादी पार्टीबाट गृह, संचार तथा कानुनमन्त्रीमा विमला अन्सारी तरुनम बनेका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट श्रम तथा यातायातमन्त्री उर्मिलादेवी सिंह बनेकी छन् ।
ताजा अपडेट
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित








तपाईको प्रतिक्रिया