रिलायन्स पब्लिक स्कुलमा नमुना संयुक्त राष्ट्रसंघको नवौँ राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं – रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघको नवौँ राष्ट्रिय सम्मेलन कपनस्थित रिलायन्स पब्लिक स्कुलमा सुरु भएको छ । ‘जहाँ युवा मस्तिष्कहरु वार्ताका लागि भेला हुन्छन्’ भन्ने नाराका आजबाट सम्मेलन सुरु भएको हो ।
भाद्र १ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय जनाभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । विशेषगरी काठमाडौं उपत्यकालगायत रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका विद्यार्थीहरु सम्मेलनमा सहभागिता जनाएको स्कुलले जनाएको छ । यो तीनदिने अवधिमा सम्पूर्ण मानव जनगत्का जल्दाबल्दा समस्याका बारेमा विद्यार्थीहरुले छलफल गरी आपसी समझदारी कायम गर्दै संकल्प पत्र तयार पार्ने स्कुलले जनाएको छ ।

सम्मेलनमा नमुना संयुक्त राष्ट्र संघीय ६ वटा समिति डाइसेक, डब्लूएचओ, यूनोओसा, आइपीसी, यूएनएचआरसी लगायतको सहभागिता रहेको छ । त्यस्तै, संघीय संसद नेपाल र ऐतिहासिक विपत समितिले पनि सहभागिता जनाएका छन् ।
सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका लागि पूर्व आवाशीय दूत तथा कुटनीतिज्ञ मधुरमण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रयको विशेष अतिथिको रुपमा रहेका थिए ।
उद्घाटन कार्यक्रममा रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले मन्तव्यमार्फत अतिथि एवम् विद्यार्थीहरुलाई स्वागत गरेका थिए । सम्मेलनमा विद्यार्थीहरुले वार्ता र सहकार्यबाट जल्दोबल्दो विषयमा छलफल गर्ने बताए । छलफलका क्रममा आफूले बोल्ने विषय सही हो या गलत भन्ने नठानी बिना हिच्कीचाहट आफ्ना भनाइ राख्न उनले सहभागी विद्यार्थीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा विशेष अतिथि रहेका रयले विशेष मन्तव्य प्रस्तुत गरेका थिए । उनले संयुक्त राष्ट्र संघ नेपालले हाल गरिरहेका काम र त्यसबाट प्राप्त उपलब्धिका बारेमा विद्यार्थीलाई अवगत गराएका थिए । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रयले विद्यार्थीमा नेतृत्वकला सीप कसरी विकास हुन्छ भन्नेबारेसमेत बताएका थिए ।
सम्मेलन संयोजक दिलीप नेपालले सम्मेलनको औचित्यमाथि प्रष्ट पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि आचार्यले रिलायन्स पब्लिक नमुना राष्ट्र संघको राष्ट्रिय सम्मेलनमा उपस्थित भइ पछिल्लो पुस्तासँग साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताए । साथै, उनले आफू संयुक्त राष्ट्रसंघमा आवद्ध रहँदा गरेका कामको फेहरिस्तसमेत विद्यार्थीमाझ राखेका थिए ।
संयुक्त राष्ट्र संघले नेपालको दिगो विकासका लक्ष्य हासिल गर्नका निमित्त विभिन्न गतिविधि गर्दै आएको बताए ।
कार्यक्रमका सभापती एवम् रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । विद्यार्थीहरुमा कुटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले दक्ष नागरिक निर्माणमा सम्मेलनले सहयोग गर्ने उनको विश्वास छ । ‘यो सम्मेलनमा सहभागी विद्यार्थीहरुले विश्वमा देखिएका जल्दोबल्दो चुनौतिका विषयमा छलफल गरी संकल्प पत्र तयार गर्छन्,’ उनले भने, ‘जो भोलिका दिनमा नीति निर्माण गर्न सहयोगी हुनेछन् ।’ सम्मेलन भदौ १ गते समापन हुनेछ ।
ताजा अपडेट
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया