रिलायन्स पब्लिक स्कुलमा नमुना संयुक्त राष्ट्रसंघको नवौँ राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं – रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघको नवौँ राष्ट्रिय सम्मेलन कपनस्थित रिलायन्स पब्लिक स्कुलमा सुरु भएको छ । ‘जहाँ युवा मस्तिष्कहरु वार्ताका लागि भेला हुन्छन्’ भन्ने नाराका आजबाट सम्मेलन सुरु भएको हो ।
भाद्र १ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय जनाभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । विशेषगरी काठमाडौं उपत्यकालगायत रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका विद्यार्थीहरु सम्मेलनमा सहभागिता जनाएको स्कुलले जनाएको छ । यो तीनदिने अवधिमा सम्पूर्ण मानव जनगत्का जल्दाबल्दा समस्याका बारेमा विद्यार्थीहरुले छलफल गरी आपसी समझदारी कायम गर्दै संकल्प पत्र तयार पार्ने स्कुलले जनाएको छ ।
सम्मेलनमा नमुना संयुक्त राष्ट्र संघीय ६ वटा समिति डाइसेक, डब्लूएचओ, यूनोओसा, आइपीसी, यूएनएचआरसी लगायतको सहभागिता रहेको छ । त्यस्तै, संघीय संसद नेपाल र ऐतिहासिक विपत समितिले पनि सहभागिता जनाएका छन् ।
सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका लागि पूर्व आवाशीय दूत तथा कुटनीतिज्ञ मधुरमण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रयको विशेष अतिथिको रुपमा रहेका थिए ।
उद्घाटन कार्यक्रममा रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले मन्तव्यमार्फत अतिथि एवम् विद्यार्थीहरुलाई स्वागत गरेका थिए । सम्मेलनमा विद्यार्थीहरुले वार्ता र सहकार्यबाट जल्दोबल्दो विषयमा छलफल गर्ने बताए । छलफलका क्रममा आफूले बोल्ने विषय सही हो या गलत भन्ने नठानी बिना हिच्कीचाहट आफ्ना भनाइ राख्न उनले सहभागी विद्यार्थीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा विशेष अतिथि रहेका रयले विशेष मन्तव्य प्रस्तुत गरेका थिए । उनले संयुक्त राष्ट्र संघ नेपालले हाल गरिरहेका काम र त्यसबाट प्राप्त उपलब्धिका बारेमा विद्यार्थीलाई अवगत गराएका थिए । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रयले विद्यार्थीमा नेतृत्वकला सीप कसरी विकास हुन्छ भन्नेबारेसमेत बताएका थिए ।
सम्मेलन संयोजक दिलीप नेपालले सम्मेलनको औचित्यमाथि प्रष्ट पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि आचार्यले रिलायन्स पब्लिक नमुना राष्ट्र संघको राष्ट्रिय सम्मेलनमा उपस्थित भइ पछिल्लो पुस्तासँग साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताए । साथै, उनले आफू संयुक्त राष्ट्रसंघमा आवद्ध रहँदा गरेका कामको फेहरिस्तसमेत विद्यार्थीमाझ राखेका थिए ।
संयुक्त राष्ट्र संघले नेपालको दिगो विकासका लक्ष्य हासिल गर्नका निमित्त विभिन्न गतिविधि गर्दै आएको बताए ।
कार्यक्रमका सभापती एवम् रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । विद्यार्थीहरुमा कुटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले दक्ष नागरिक निर्माणमा सम्मेलनले सहयोग गर्ने उनको विश्वास छ । ‘यो सम्मेलनमा सहभागी विद्यार्थीहरुले विश्वमा देखिएका जल्दोबल्दो चुनौतिका विषयमा छलफल गरी संकल्प पत्र तयार गर्छन्,’ उनले भने, ‘जो भोलिका दिनमा नीति निर्माण गर्न सहयोगी हुनेछन् ।’ सम्मेलन भदौ १ गते समापन हुनेछ ।
ताजा अपडेट
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया