रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघ (आरपीमुन)को नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं– रिलायन्स एजुकेशन नेटवर्कमा सञ्चालित रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघ (आरपीमुन) को नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । साउन ३१ गतेबाट सुरु भएको आरपीमुन भदौ १ गते एक समारोहकाबीच समापन भएको हो ।
आरपीमुनमा काठमाडौं उपत्यका लगायतका रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका २५ शैक्षिक संस्थाका २२८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष श्री रविन्द्रजंग थापाले अध्यक्षता गरेको समापन कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहाल विशेष अतिथि रहेका थिए ।

काठमाडौंको कपनस्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले डाइसेक, डब्लूएचओ, युएनओएसए, आइपीसी, युएनएचआरसी, यूनेप, संघीय संसद् नेपाल तथा ऐतिहासिक विपत समिति गरी ८ वटा समितिमा रहेर छलफलमा सहभागिता जनाएका थिए । ‘जहाँ युवा मस्तिष्कहरु वार्ताको लागि भेला हुन्छन्’ भन्ने मुल नाराका साथ ३ दिनसम्म चलेको सम्मेलनमा मानव जगतका जल्दाबल्दा समस्यामा व्यापक छलफल गरी विश्वबन्धुत्वको भावना, मानव अधिकार, जलवायु परिवर्तनलाई के कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा केन्द्रित भएर व्यापक छलफल गरी घोषणा पत्र जारी गर्दै सम्मेलन समापन भएको छ ।
कार्यक्रमको समापन गर्दै रिलायन्स एजुकेशन नेटवर्कका सञ्चालक एवम् सिनियर चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटीले सम्मेलनले ८ वटा समितिमा रहेका अध्यक्ष, सह–अध्यक्ष र मध्यस्थकर्तालाई मायाको चिनो हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले आपसी समझदारी गरी समस्याको निराकरण गर्न थप सहयोग पुग्ने बताए ।

समापन समारोहमा २२८ प्रतिनिधिहरुमध्ये उत्कृष्ट प्रतिनिधि र अतिविशिष्ट प्रतिनिधि सदस्यहरुलाई पुरस्कृत गर्दै रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले विद्यार्थीहरुमा कुटनीतिक क्षमताको अभिवृद्धि एवम् सामुहिक रुपमा बहस गर्ने क्षमताको विकास हुने कुरा बताए । सम्मेलनको सञ्चालन आरपीमुन नवौं संस्करणका कन्फरेन्स डाइरेक्टर दिलिप नेपालले गरेका थिए । आरपीमुन नवौँ संस्करणका महासचिव तृष्णा बजगाईँले अर्को वर्ष दशौँ संस्करण भव्यताका साथ सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।
ताजा अपडेट
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया